Skip to main content

Purbi Garjan

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : लर्डबुद्वलाई हराउँदै दमक विजयी

मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दमकले विजयी शुरुआत गरेको छ। लर्डबुद्व क्रिकेट क्लबलाई ५० रनले पराजित गर्दै दमकले विजयी शुरुआत गरेको हो ।

टस हारेर व्याटिङको निम्तो पाएको दमकले १६ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियोे । दमकका लागि अभिषेक थापालेसर्वाधिक ४७ रन बनाए। उनले २७ बलमा ४७ रन प्रहार गरेका थिए। त्यस्तै दमकका लागि निरज थापाले १५ बलमा ३४रन बनाएका थिए भने विवेक पौडेलले १३ तथा विजयले १२ रन प्रहार गरेका थिए।

बलिङतर्फ लर्डबुद्वका आयुस कार्की र अर्जुन राजवंशीले समान ३- ३ विकेट हात पारे । त्यस्तै क्षितिज पोर्तेलले २ विकेट हात पारे भने प्रवेश दाहाल र रवि गोस्वामिले समान १-१ विकेट हात पारे ।

१४२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा लर्डबुद्वले मात्रै ९० रन बनाउँदै अलआउट हुन पुग्यो । लर्डबुद्वका लागि क्षितिज पोर्तेलले सर्वाधिक २१ बलमा ३८ रन प्रहार गरे भने सुभम लिम्बूले १२ तथा उत्तम राजवंशीले ११ रन प्रहार गरे। लर्डबुद्वका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता बलिङतर्फ दमकका विजय तामाङले ४ तथा निरज पाठकले ३ विकेट हात पारे । त्यस्तै विनोद विक, अभिषेक थापा र अनिष खड्काले समान १-१ विकेट हात पारे।

प्रतियोगिताको म्यान अफ द म्याच दमकका निरज पाठक घोषित भए । उनले नगद १ हजार र मायाको चिनो प्राप्त गरे। भोलिको खेल बल ब्लास्टर भद्रपुर र झापा क्रिकेट क्लबबिच हुनेछ।

फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali