Skip to main content

Purbi Garjan

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : सरस्वतीलाई  ६ विकेटले हराउँदै थण्डर सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थण्डर -११ सेमिफाइनल प्रवेश गरेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि सौरभ ढकालले सर्वाधिक १८ रन बनाए। उनले २० बल खेल्दै १८ रन बनाएका हुन्। त्यस्तै समीर महराले १४ बलमा १७ तथा सुनिल मिश्र र प्रेम सिंहले समान १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा सरस्वती ७९ रनमै अलआउट भएको थियोे ।

बलिङतर्फ थण्डरका लागि रोहित राजवंशीले सर्वाधिक ४ विकेट लिए। त्यस्तै एलिट राइले २ विकेट हात पारे भने शिव राजवंशी , चन्द्र भट्टराई, आयुस न्यौपाने र विजय भट्टराईले समान १-१ विकेट हात पारे ।

८० रनको विजयी लक्ष्य पछ्याउने क्रममा थण्डरले ७.४ ओभरमा ४ विकेट गुमाउँदै जित निकाल्न सफल भयो । थण्डरका लागि विराट डाँगीले नटआउट २३ बलमा ४३ रन बनाए भने चन्द्र भट्टराईले १६ बलमा २० तथा नृत्यले ६ बलमा १६ रन बनाएका थिए।

यता बलिङतर्फ सरस्वतीका युवराज श्रेष्ठले ३ तथा नवराज भुजेलले १ विकेट हात पारे। प्रतियोगिताको म्यान अफ द म्याच थण्डरका रोहित राजवंशी घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे। उनले ४ विकेट लिएका थिए।

फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali