Skip to main content

Purbi Garjan

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बुधबारेलाई हराउँदै बाहुनडाँगी सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३   ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७२ रन बनाएको थियोे । बुधबारेका लागि  रिजन लिम्बू र अर्पन कार्कीले सर्वाधिक समान २१ /२१ रन बनाएका थिए।  लिम्बू र कार्कीले समान २० बल खेल्दै २१ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा बुधबारे ७२ रनमै अलआउट भएको थियोे ।

बलिङतर्फ बाहुनडाँगीका लागि सन्तोष प्रधान र नाजिर हुसेनले समान ३-३ विकेट लिए भने अभिषेक दाहाल र  र रमन कार्कीले समान २/२ विकेट हात पारे ।

७३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बाहुनडाँगीले १६.२ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्न सफल भयो । बाहुनडाँगीका लागि रोमन कार्कीले  ३८ बलमा ५ चौकाको मद्धतमा २८ रन बनाए भने गणेश पौडेलले ७ बलमा १६ रन बनाएका थिए।

यता बलिङतर्फ बुधबारेका लागि रिजन लिम्बूले सर्वाधिक २ विकेट लिए भने टेकेन्द्र कार्की , अर्जुज बराइली, मन्दिप खरेल र मिरोज सिटौलाले समान १/१ विकेट हात पार्न सफल भए । प्रतियोगिताको म्यान अफ द म्याच बाहुनडाँगीका रोमन कार्की घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे। उनले बलिङतर्फ ३ विकेट लिएका थिए भने ब्याटिङतर्फ  सर्वाधिक २८ रन प्रहार गरेका थिए।

फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali