Skip to main content

Purbi Garjan

मेचीनगर गोल्डकप: पाहुना टोली उज्वेकिस्तान बाहिरियो, धरान सेमिफाइनलमा

मेचीनगर । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ ।
टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५– ३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले गोल गरेका थिए । यसैगरी व्ल्याक बुल्सका खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरे भने आसिभेकको प्रहार गोलरक्षक बिपुल मगरले बचाए ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको ६० औँ मिनेटमा व्ल्याक बुल्सले अग्रता लिएको थियो । इस्लोमजोनको क्रस पासमा आशिषभेक एरिफजोनोभको हेडर गोलमा परिणत भएको थियो ।
यसैगरी खेलको ८४ औँ मिनेटमा धरानले कमव्याक गरयो । कप्तान मिलन राईको पासमा बैकल्पिक खेलाडी सुगम जिमिले गोल गर्दै खेललाई बराबरीमा ल्याए । जिमीले व्ल्याक बुल्सका ४ जना डिफेन्डरले गरेको गल्तिको फाइदा उठाउँदै खेल बराबरीमा ल्याए ।
खेलको चौथो मिनेटमा व्ल्याक बुल्सका स्लोमजोनलाई धरानका रोमन लिम्बू फाउल गरेपछि पाएको असिबेकको फ्रिकिक प्रहारले गोलपोष्टको दिशा लिन सकेन ।
खेलको ३३ औँ मिनेटमा धरानका कप्तान मिलन लिम्बूको प्रहार पनि बिफल भयो ।
४३ औँ मिनेटमा व्ल्याक बुल्सका अलिजोनको हेडिङ धरानका गोलरक्षक प्रविन लिम्बूले बचाए ।
४८ औँ मिनेटमा धरानका मौसम सुब्बालाई व्ल्याक बुल्ससका ज्याखोङगिरले फाउल गरेपछि पाएको फ्रिकिकलाई धरानका मिलन राईले प्रहार गरे पनि गोल हुन सकेन ।
खेलको ७० औँ मिनेटमा धरानका सुरज रसाइलीको प्रहार व्ल्याक बुल्सका गोलरक्षकले बिफल बनाए । उक्त बलमा धरानका तपन कार्की र सुरज रसाईलीको तालमेल नमिल्दा स्कोर गर्न चुक्यो ।
खेलपछि धरानका प्रशिक्षक हेम गुरुङले बलियो प्रतिद्धन्दीमाथि खेलाडीहरुको उत्कृष्ट प्रर्दशनका कारण जित हासिल गर्न सफल भएको बताए । उनले विपक्षीको रणनीति बुझेर खेल्दा जित निकाल्न सफल भएको बताए ।
व्ल्याक बुल्सका प्रशिक्षकका प्रशिक्षक सामिप्य सुवेदीले खेलाडीहरु लामो यात्राका कारण अपेक्षित प्रर्दशन गर्न नसकेको बताए । उनले टिमका महत्वपूर्ण खेलाडीहरु नभएका कारण आजको खेल गुमाउन पुगेको बताए ।
खेलको प्लेयर अफ द म्याच धरानका बैकल्पिक गोलरक्षक बिपुल मगर घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । मंगलवारको खेल विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ एफसी र मछिन्द्र फुटबल क्लबबिच हुने आयोजक क्लबका अध्यक्ष नवराज ओलीले बताए ।

चैत २ गतेसम्म सन्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद ५ लाख र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षकले जनही २१ हजार तथा उदिमान खेलाडीले ११ हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali