Skip to main content

Purbi Garjan

जेष्ठ नागरिक मेचीनगर ७ को अध्यक्षमा पुन : पौडेल

इटाभट्टा । जेष्ठ नागरिक वडा समिति मेचीनगर ७ को अध्यक्षमा पिताम्बर शर्मा पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । आज मेचीनगर ७ आनन्द टोलमा संस्थाको पहिलो अधिवेशनबाट पौडेल आगामी ४ वर्षे कार्यकालको लागि पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा अमर परियार, महिला उपाध्यक्षमा मेनुका अधिकारी, सचिवमा रामप्रसाद ढुङ्गेल, सहसचिवमा प्रेमराज गौतम र कोषाध्यक्षमा राजकुमारी राई निर्वाचित भएको निर्वाचन समितिका संयोजक अग्नीप्रसाद घिमिरेले बताए । समितिको सदस्यमा डिकुरा निरौला, मीना कोइराला, गीता पोख्रेल घिमिरे, लालप्रसाद फुयल, भवनाथ दाहाल, अशोक मेचे, सपन राजवंशी निर्वाचित भएको संयोजक घिमिरेले बताए । २१ सदस्य कार्यसमितिमा ८ जना पछि मनोनित गरिने बताइएको छ ।

मेचीनगर ७ का वडाध्यक्ष प्रलादमणि ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनको संचालन सचिव अमर परियारले गरेका थिए । रामप्रसाद ढुङ्गेलले स्वागत तथा समितिका अध्यक्ष पिताम्बर शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali