Skip to main content

Purbi Garjan

नेकपा झापाको जिल्ला बैठक सम्पन्न, यस्ता छन् आगामी कार्यक्रम

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले पार्टीको जिल्ला बैठकबाट विभिन्न छलफल गर्दै आगामी कार्ययोजनाहरु सार्वजनिक गरेको छ।

आज झापाको विर्तामोड स्थित पार्टी कार्यालयमा जिल्ला इन्चार्ज सुमनसिंह सी को अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रम र आउनसक्ने परिस्थितिबारे गहन छलफल गर्दै प्रतिगमनका विरुद्ध डटेर अगाडि बढ्ने निर्णय गरेको छ।

देश र जनताको अबको एकमात्र विकल्प भनेको समाजवाद मात्रै रहेकाले नेता कार्यकर्ता र आम जनतालाई बिचलित नहुन र प्रतिगमनले देश र जनतालाई अझै संकटमा लैजाने जिल्ला इन्चार्ज सुमनसिंह सी ले बताएका छन्।

त्यस्तै जिल्ला बैठकले आगामी दिनहरुमा झापाका सबै पालिकाको सम्मेलन, वडा कमिटी बिस्तार, राजनीतिक संघर्ष , उत्पादन, प्रचारप्रसार, मिडिया व्यवस्थापन, जनताका समस्याहरुबारे छलफल तथा निकास दिने गरिको कार्य लगायतका विषयमा लाग्ने निर्णय गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali