Purbi Garjan

अजिमा वृत्तचित्र: इतिहास र पहिचानको पुनरावलोकन

प्रविण अधिकारी
झापा ।  पितृसत्ताको प्रभावले पटक–पटक पुनः लेखिएको नेपाली इतिहासमा वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले ‘अजिमा’ वृत्तचित्र झापाको विर्तामोडमा प्रस्तुत गरिएको छ। आज झापाको विर्तामोड स्थित पाथिभरा सिने प्लाजामा राजनीतिकर्मी, मानवअधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि लगायतको उपस्थितिमा उक्त वृत्तचित्र प्रस्तुत गरिएको हो ।

संविधानसभा सदस्य एवम् लैंगिक अल्पसंख्यक समुदायको हकहितमा विगत २५ वर्षदेखि संघर्ष गर्दै आएका सुनिलबाबु पन्तद्वारा निर्देशित यो वृत्तचित्रले मातृसत्तात्मक संरचना, लैंगिक विविधता र ऐतिहासिक यथार्थको पुनरपरिकल्पना गर्ने प्रयास गरेको छ।

वृत्तचित्रमा ६ प्रकारका लैंगिक पहिचानहरू समेटिएका छन्। यो फिल्मले पितृसत्ताले ढालेको इतिहासलाई चुनौती दिँदै, डाकिनी/योगिनी संस्कृति, इन्द्र जात्राको इतिहास, र तेस्रोलिङ्गी समुदायप्रति समाजको दृष्टिकोणजस्ता विषयलाई केन्द्रमा राखेको छ।

निर्माताको भनाइमा, “अजिमा भनेको आमा, हजुरआमाको रूपमा बुझिन्छ। यो फिल्मले मातृसत्तामा पहिचान के थियो? संस्कार के थियो? भन्ने गहिरो प्रश्न उठाएको छ।” यो वृत्तचित्र १७ पटक प्रदर्शन भइसकेको निर्माताले जनाएका छन्।

वृत्तचित्र हेरिसकेपछि संविधानसभा सदस्य एवम् राजनीतिकर्मी धर्मशिला चापागाईंले फिल्ममार्फत अल्पसंख्यक र तेस्रोलिङ्गी समुदायको मुद्दा उठाइएकोमा धन्यवाद दिँदै भनिन्, “नेपालको इतिहास र परम्परालाई सही रूपमा उजागर गर्न जरुरी छ।”

त्यस्तै वृत्तचित्रमाथि टिप्पणी गर्दै मानव अधिकारकर्मी दीपक दासले समग्र मानव अधिकारको सवालमा सबैले जोड दिनुपर्ने बताएका छन्। “हाम्रो समाज र व्यवहार कुण्ठित छन्,” उनले भने।

महिला अधिकारकर्मी सनम राजवंशीले वृत्तचित्र समय सान्दर्भिक भएको बताउँदै भनिन्, “पछिल्लो पुस्तालाई इतिहास बुझाउन मद्दत पुग्छ। पितृसत्तात्मक व्यवस्थाले विभेदको जरो गाडेको देखिन्छ।”

विर्तामोड नगरपालिकाकी प्रतिनिधि संगिता सिवाले भनिन्, “अजिमाले देखाएको पुरानो समाजमा यौनिक तथा अल्पसंख्यक समुदायमाथि त्यति विभेद देखिन्न, तर अहिलेको पुस्तामा विभेद बढेको देखिन्छ।”

त्यस्तै वृत्तचित्र माथि समिक्षा गर्दै पत्रकार टिकाराम नेतीले भने वृत्तचित्रमा स्रोतको अभाव देखिएको बताए। “स्क्रिप्ट राम्रो छ। समाजमा प्रश्न उठाएकोमा प्रशंसा योग्य छ,” उनले प्रतिक्रिया दिए।

निर्देशक पन्तले अन्त्यमा समिक्षकहरूको जिज्ञासामा जवाफ दिँदै भने, “इतिहासमा मातृसत्ताले कुनै लेखोट राखेन, तर पितृसत्ताले आफ्नो अनुकूल लेख्न थाल्यो।”

‘अजिमा’ ले नेपाली समाजमा लुकेको इतिहास र लैंगिक विविधतालाई मुख्यधारमा ल्याउने महत्वपूर्ण प्रयास गरेको छ।

वृत्तचित्र प्रस्तुत तथा समिक्षा कार्यक्रमको संचालन लिड नेपाल झापाकी निर्देशक तथा अधिकारकर्मी नुमा लिम्बू (चञ्चला) ले गरेकी थिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेपालले जित्यो युनिटी कप टी–२० शृङ्खला

झापा, १४ असोज । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सक...

आज महाअष्ठमी : महागौरीको पूजाआजा गरिँदै

झापा, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ। दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिव...

पूर्व प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

झापा, १३ असोज । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रम...

आज घरघरमा फूलपाति भित्र्याइँदै

झापा, १३ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसा...
ne_NPNepali