Skip to main content

Purbi Garjan

अजिमा वृत्तचित्र: इतिहास र पहिचानको पुनरावलोकन

प्रविण अधिकारी
झापा ।  पितृसत्ताको प्रभावले पटक–पटक पुनः लेखिएको नेपाली इतिहासमा वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले ‘अजिमा’ वृत्तचित्र झापाको विर्तामोडमा प्रस्तुत गरिएको छ। आज झापाको विर्तामोड स्थित पाथिभरा सिने प्लाजामा राजनीतिकर्मी, मानवअधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि लगायतको उपस्थितिमा उक्त वृत्तचित्र प्रस्तुत गरिएको हो ।

संविधानसभा सदस्य एवम् लैंगिक अल्पसंख्यक समुदायको हकहितमा विगत २५ वर्षदेखि संघर्ष गर्दै आएका सुनिलबाबु पन्तद्वारा निर्देशित यो वृत्तचित्रले मातृसत्तात्मक संरचना, लैंगिक विविधता र ऐतिहासिक यथार्थको पुनरपरिकल्पना गर्ने प्रयास गरेको छ।

वृत्तचित्रमा ६ प्रकारका लैंगिक पहिचानहरू समेटिएका छन्। यो फिल्मले पितृसत्ताले ढालेको इतिहासलाई चुनौती दिँदै, डाकिनी/योगिनी संस्कृति, इन्द्र जात्राको इतिहास, र तेस्रोलिङ्गी समुदायप्रति समाजको दृष्टिकोणजस्ता विषयलाई केन्द्रमा राखेको छ।

निर्माताको भनाइमा, “अजिमा भनेको आमा, हजुरआमाको रूपमा बुझिन्छ। यो फिल्मले मातृसत्तामा पहिचान के थियो? संस्कार के थियो? भन्ने गहिरो प्रश्न उठाएको छ।” यो वृत्तचित्र १७ पटक प्रदर्शन भइसकेको निर्माताले जनाएका छन्।

वृत्तचित्र हेरिसकेपछि संविधानसभा सदस्य एवम् राजनीतिकर्मी धर्मशिला चापागाईंले फिल्ममार्फत अल्पसंख्यक र तेस्रोलिङ्गी समुदायको मुद्दा उठाइएकोमा धन्यवाद दिँदै भनिन्, “नेपालको इतिहास र परम्परालाई सही रूपमा उजागर गर्न जरुरी छ।”

त्यस्तै वृत्तचित्रमाथि टिप्पणी गर्दै मानव अधिकारकर्मी दीपक दासले समग्र मानव अधिकारको सवालमा सबैले जोड दिनुपर्ने बताएका छन्। “हाम्रो समाज र व्यवहार कुण्ठित छन्,” उनले भने।

महिला अधिकारकर्मी सनम राजवंशीले वृत्तचित्र समय सान्दर्भिक भएको बताउँदै भनिन्, “पछिल्लो पुस्तालाई इतिहास बुझाउन मद्दत पुग्छ। पितृसत्तात्मक व्यवस्थाले विभेदको जरो गाडेको देखिन्छ।”

विर्तामोड नगरपालिकाकी प्रतिनिधि संगिता सिवाले भनिन्, “अजिमाले देखाएको पुरानो समाजमा यौनिक तथा अल्पसंख्यक समुदायमाथि त्यति विभेद देखिन्न, तर अहिलेको पुस्तामा विभेद बढेको देखिन्छ।”

त्यस्तै वृत्तचित्र माथि समिक्षा गर्दै पत्रकार टिकाराम नेतीले भने वृत्तचित्रमा स्रोतको अभाव देखिएको बताए। “स्क्रिप्ट राम्रो छ। समाजमा प्रश्न उठाएकोमा प्रशंसा योग्य छ,” उनले प्रतिक्रिया दिए।

निर्देशक पन्तले अन्त्यमा समिक्षकहरूको जिज्ञासामा जवाफ दिँदै भने, “इतिहासमा मातृसत्ताले कुनै लेखोट राखेन, तर पितृसत्ताले आफ्नो अनुकूल लेख्न थाल्यो।”

‘अजिमा’ ले नेपाली समाजमा लुकेको इतिहास र लैंगिक विविधतालाई मुख्यधारमा ल्याउने महत्वपूर्ण प्रयास गरेको छ।

वृत्तचित्र प्रस्तुत तथा समिक्षा कार्यक्रमको संचालन लिड नेपाल झापाकी निर्देशक तथा अधिकारकर्मी नुमा लिम्बू (चञ्चला) ले गरेकी थिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali