Purbi Garjan

इलाममा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते

इलाम, १२ असोज । इलामको सूर्योदय नगरपालिका–६ हर्कटेस्थित मेचीराजमार्गमा सोमबार बिहान करिब ८ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश ०२–००७ प ८८६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०३–००१ प ४८५१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

दुर्घटनामा इलाम रोङ गाउँपालिका–३ का २६ वर्षीय विजय तामाङ (४८५१ नम्बरका चालक) दाहिने हात र पेटमा चोट लागी प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ। उनीसँगै रहेका झापा गौरदह नगरपालिका–७ का २० वर्षीय सन्दीप सिटौलाको अनुहारमा चोट लागी मनमोहन अस्पतालमै पठाइएको छ।

त्यस्तै, ८८६७ नम्बरका चालक धनुषा लक्ष्मीनिआ गाउँपालिका–२ का २२ वर्षीय दिपक यादवको दुवै खुट्टा र हातमा चोट लागी स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। सोही मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय सफिरुल साफीको दुवै खुट्टा, घाँटी र अनुहारमा सामान्य चोट लागी क्लिनिकमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुवै मोटरसाइकलको अगाडिको भाग क्षतिग्रस्त भएको र चालक दुवैले मापसे नगरेको इलाम प्रहरीले जनाएको छ। दुर्घटनामा परेका मोटरसाइकलहरू हर्कटे इलाम प्रहरी चौकीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेपालले जित्यो युनिटी कप टी–२० शृङ्खला

झापा, १४ असोज । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सक...

आज महाअष्ठमी : महागौरीको पूजाआजा गरिँदै

झापा, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ। दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिव...

पूर्व प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

झापा, १३ असोज । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रम...

आज घरघरमा फूलपाति भित्र्याइँदै

झापा, १३ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसा...
ne_NPNepali