प्रविण अधिकारी झापा । पितृसत्ताको प्रभावले पटक–पटक पुनः लेखिएको नेपाली इतिहासमा वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले ‘अजिमा’ वृत्तचित्र झापाको विर्तामोडमा प्रस्तुत गरिएको छ। आज झापाको विर्तामोड स्थित पाथिभरा सिने प्लाजामा राजनीतिकर्मी, मानवअधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि लगायतको उपस्थितिमा उक्त वृत्तचित्र प्रस्तुत गरिएको हो । संविधानसभा सदस्य एवम् लैंगिक अल्पसंख्यक समुदायको हकहितमा विगत २५ वर्षदेखि संघर्ष गर्दै आएका सुनिलबाबु पन्तद्वारा निर्देशित यो वृत्तचित्रले मातृसत्तात्मक संरचना, लैंगिक विविधता र ऐतिहासिक यथार्थको पुनरपरिकल्पना गर्ने प्रयास गरेको छ। वृत्तचित्रमा ६ प्रकारका लैंगिक पहिचानहरू समेटिएका छन्। यो फिल्मले पितृसत्ताले ढालेको इतिहासलाई चुनौती दिँदै, डाकिनी/योगिनी संस्कृति, इन्द्र जात्राको इतिहास, र तेस्रोलिङ्गी समुदायप्रति समाजको दृष्टिकोणजस्ता विषयलाई केन्द्रमा राखेको छ।…