Skip to main content

Purbi Garjan

मेचीनगरमा हिन्दु आस्थामाथि डोजर—पातलगङ्गास्थित सनसारी माईको मन्दिर भत्काइयो

प्रविण अधिकारी

मेचीनगर।  झापाको मेचीनगर–८ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पातलगङ्गामा अवस्थित सनसारी माईको मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ। स्थानीयको आरोप अनुसार मन्दिर सुवास साङ्घाईको स्वामित्वमा रहेको चिया बगानले भत्काएको हो।

हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष पातलगङ्गामा जलको कामनाका लागि सनसारी माईको विशेष पूजा गर्ने परम्परा रहेको छ। यही वैशाख २० गतेका लागि पूजा तयारीस्वरूप हालै मन्दिर वरिपरि सिमेन्टको बार लगाई, रङ्ग–रोगन गरेर सिला समेत स्थापना गरिएको थियो।

स्थानीयका अनुसार सोमबार राति करिब १० बजे, बगान प्रशासनले आफ्नो क्षेत्र अतिक्रमण भएको भन्दै जेसीबी प्रयोग गरी मन्दिर तोडफोड गराएको हो। सयौं वर्षदेखि पूजाआजा हुँदै आएको स्थलमा यस्तो घटनाले स्थानीय बासिन्दा आक्रोशित भएका छन्।

उक्त जग्गा नेपाल सरकारको अधीनमा रहेको र सो क्षेत्र ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलको रूपमा चिनिएको स्थानीय प्रशासनले जनाएको छ।

घटनापछि स्थानीयले सांस्कृतिक, धार्मिक सम्पदामाथि गरेको हस्तक्षेपको विरोधमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali