Skip to main content

Purbi Garjan

मेचीनगरमा हिन्दु आस्थामाथि डोजर—पातलगङ्गास्थित सनसारी माईको मन्दिर भत्काइयो

प्रविण अधिकारी

मेचीनगर।  झापाको मेचीनगर–८ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पातलगङ्गामा अवस्थित सनसारी माईको मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ। स्थानीयको आरोप अनुसार मन्दिर सुवास साङ्घाईको स्वामित्वमा रहेको चिया बगानले भत्काएको हो।

हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष पातलगङ्गामा जलको कामनाका लागि सनसारी माईको विशेष पूजा गर्ने परम्परा रहेको छ। यही वैशाख २० गतेका लागि पूजा तयारीस्वरूप हालै मन्दिर वरिपरि सिमेन्टको बार लगाई, रङ्ग–रोगन गरेर सिला समेत स्थापना गरिएको थियो।

स्थानीयका अनुसार सोमबार राति करिब १० बजे, बगान प्रशासनले आफ्नो क्षेत्र अतिक्रमण भएको भन्दै जेसीबी प्रयोग गरी मन्दिर तोडफोड गराएको हो। सयौं वर्षदेखि पूजाआजा हुँदै आएको स्थलमा यस्तो घटनाले स्थानीय बासिन्दा आक्रोशित भएका छन्।

उक्त जग्गा नेपाल सरकारको अधीनमा रहेको र सो क्षेत्र ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलको रूपमा चिनिएको स्थानीय प्रशासनले जनाएको छ।

घटनापछि स्थानीयले सांस्कृतिक, धार्मिक सम्पदामाथि गरेको हस्तक्षेपको विरोधमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali