Skip to main content

Purbi Garjan

झापाको जोरसिमलमा बैशाख २२ देखि “निलसरी महोत्सव” हुने

मेचीनगर। झापाको मेचीनगर–७ स्थित जोरसिमलमा यही बैशाख २२ गतेदेखि २९ गतेसम्म निलसरी महोत्सव आयोजना हुने भएको छ। जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा हुने यो महोत्सव झापामै पहिलोपटक फरक र बृहत स्वरूपमा सञ्चालन गर्न लागिएको हो।

महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका सचिव सञ्जय मेचेले भने, “यो झापामै पहिलोपटक फरक प्रकृतिको महोत्सव हो, जसमा सांस्कृतिक कार्यक्रम, फुटबल प्रतियोगिता, स्वास्थ्य शिविर, प्यानल डिस्कसनजस्ता विविध कार्यक्रमहरू एकै साथ सञ्चालन हुनेछन्।”

करिब ४० लाख ८६ हजार रुपैयाँ लागतमा सम्पन्न हुने अनुमान गरिएको यस महोत्सवका लागि सबै क्षेत्रबाट सहयोग अपेक्षा गरिएको छ।

कार्यक्रमको अध्यक्षता गरेका आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले महोत्सव निलसरीको ऐतिहासिक र सांस्कृतिक पहिचान जीवन्त राख्नका लागि आयोजना गरिएको बताए।

पत्रकार सम्मेलनमा मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले जिल्लामै पहिलोपटक यति पृथक स्वरूपको कार्यक्रम हुन लागेको भन्दै सबै पक्षलाई सहयोग गर्न आग्रह गरे।

त्यसैगरी पवन मेचेले श्री ३ जंगबहादुर राणा र मेचे समुदायबीचको ऐतिहासिक सम्बन्ध र निलसरीको सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै भने, “निलसरीको छुट्टै पहिचान र इतिहास छ। हामी त्यो इतिहासलाई पुनर्जीवित गर्न महोत्सव गर्दैछौं।”

महोत्सवको कार्यक्रम तालिका यसप्रकार छ:

बैशाख २२: उद्घाटन समारोह, सांस्कृतिक कार्यक्रम, र फुटबल प्रतियोगिता

बैशाख २३–२५: स्वास्थ्य शिविर

बैशाख २६–२७: प्यानल डिस्कसन

बैशाख २८: सांस्कृतिक कार्यक्रम तथा रक्तदान

बैशाख २९: फुटबल फाइनल खेलसहित समापन समारोह

आयोजकले महोत्सवलाई सांस्कृतिक एकता, स्वास्थ्य सचेतना, र सामाजिक संवादको थलो बनाउने लक्ष्य लिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–८ जोरसिमल नजिकै मेचेबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एउटा अटो...
दमकमा दम्पतीबीच झै–झगडा, खुकुरी प्रहारपछि दुबैको मृत्यु 

दमकमा दम्पतीबीच झै–झगडा, खुकुरी प्रहारपछि दुबैको मृत्यु 

झापा। झापाको दमक नगरपालिकामा दम्पतीबीच भएको घरेलु विवादले दुःखद मोड लिँदा श्रीमान–श्रीमती दुवैको ज्यान गएको छ। जिल्ला प्रहरी का...
साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
ne_NPNepali