Skip to main content

Purbi Garjan

झापाको जोरसिमलमा बैशाख २२ देखि “निलसरी महोत्सव” हुने

मेचीनगर। झापाको मेचीनगर–७ स्थित जोरसिमलमा यही बैशाख २२ गतेदेखि २९ गतेसम्म निलसरी महोत्सव आयोजना हुने भएको छ। जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा हुने यो महोत्सव झापामै पहिलोपटक फरक र बृहत स्वरूपमा सञ्चालन गर्न लागिएको हो।

महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका सचिव सञ्जय मेचेले भने, “यो झापामै पहिलोपटक फरक प्रकृतिको महोत्सव हो, जसमा सांस्कृतिक कार्यक्रम, फुटबल प्रतियोगिता, स्वास्थ्य शिविर, प्यानल डिस्कसनजस्ता विविध कार्यक्रमहरू एकै साथ सञ्चालन हुनेछन्।”

करिब ४० लाख ८६ हजार रुपैयाँ लागतमा सम्पन्न हुने अनुमान गरिएको यस महोत्सवका लागि सबै क्षेत्रबाट सहयोग अपेक्षा गरिएको छ।

कार्यक्रमको अध्यक्षता गरेका आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले महोत्सव निलसरीको ऐतिहासिक र सांस्कृतिक पहिचान जीवन्त राख्नका लागि आयोजना गरिएको बताए।

पत्रकार सम्मेलनमा मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले जिल्लामै पहिलोपटक यति पृथक स्वरूपको कार्यक्रम हुन लागेको भन्दै सबै पक्षलाई सहयोग गर्न आग्रह गरे।

त्यसैगरी पवन मेचेले श्री ३ जंगबहादुर राणा र मेचे समुदायबीचको ऐतिहासिक सम्बन्ध र निलसरीको सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै भने, “निलसरीको छुट्टै पहिचान र इतिहास छ। हामी त्यो इतिहासलाई पुनर्जीवित गर्न महोत्सव गर्दैछौं।”

महोत्सवको कार्यक्रम तालिका यसप्रकार छ:

बैशाख २२: उद्घाटन समारोह, सांस्कृतिक कार्यक्रम, र फुटबल प्रतियोगिता

बैशाख २३–२५: स्वास्थ्य शिविर

बैशाख २६–२७: प्यानल डिस्कसन

बैशाख २८: सांस्कृतिक कार्यक्रम तथा रक्तदान

बैशाख २९: फुटबल फाइनल खेलसहित समापन समारोह

आयोजकले महोत्सवलाई सांस्कृतिक एकता, स्वास्थ्य सचेतना, र सामाजिक संवादको थलो बनाउने लक्ष्य लिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali