Skip to main content

Purbi Garjan

झापामा समाजवादी पार्टीले स्वस्फूर्त रुपमा निर्वाचन कार्यालयलाई आर्थिक विवरण बुझायो

झापा। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले पार्टी स्थापना वर्ष २०७८ देखि २०८१ चैत्र मसान्तसम्मको आर्थिक विवरण जिल्ला निर्वाचन कार्यालय, झापा भद्रपुरमा बुझाएको छ।

जम्मा रु २५ लाख ६ हजार ६१५ को आर्थिक कारोबार विवरण जिल्ला इन्चार्ज क. नीलमणि बराल, सह-इन्चार्ज क. चन्द्रा श्रेष्ठ, जिल्ला अध्यक्ष क. बी.पी. भट्टराई, उपाध्यक्ष क. सरस्वती लिम्बू, सचिव क. सानुकुमार लामा, उप–सचिव क. श्रीप्रसाद मिश्र, क. उदय बराइली तथा जिल्ला कमिटी सदस्य क. लक्ष्मण खतिवडाको संयुक्त उपस्थितिमा निर्वाचन कार्यालय प्रमुख श्री तुलकुमार न्यौपानेलाई बुझाइएको हो।

बुझाइसकेपछि कार्यालय प्रमुख न्यौपानेले पार्टीले समयमै आर्थिक विवरण बुझाएर झापामा उदाहरणीय अभ्यास प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए। “हामीले पत्र काटेपछि मात्र आउने चलन रहँदै आएकोमा समाजवादी पार्टीले स्वस्फूर्त रुपमा विवरण बुझाएको छ, झापामा यसरी विवरण बुझाउने समाजवादी पहिलो पार्टी हो,” उनले भने।

सो अवसरमा नेताहरूले पार्टी अहिले “शुसासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ आन्दोलनमा रहेको जानकारी गराएका थिए। उनीहरूका अनुसार आर्थिक शुसासन समाजवादको अभ्यासतर्फको एक महत्वपूर्ण पाटो भएकोले पार्टीले पारदर्शितामा विशेष ध्यान दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali