Skip to main content

Purbi Garjan

झापामा समाजवादी पार्टीले स्वस्फूर्त रुपमा निर्वाचन कार्यालयलाई आर्थिक विवरण बुझायो

झापा। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले पार्टी स्थापना वर्ष २०७८ देखि २०८१ चैत्र मसान्तसम्मको आर्थिक विवरण जिल्ला निर्वाचन कार्यालय, झापा भद्रपुरमा बुझाएको छ।

जम्मा रु २५ लाख ६ हजार ६१५ को आर्थिक कारोबार विवरण जिल्ला इन्चार्ज क. नीलमणि बराल, सह-इन्चार्ज क. चन्द्रा श्रेष्ठ, जिल्ला अध्यक्ष क. बी.पी. भट्टराई, उपाध्यक्ष क. सरस्वती लिम्बू, सचिव क. सानुकुमार लामा, उप–सचिव क. श्रीप्रसाद मिश्र, क. उदय बराइली तथा जिल्ला कमिटी सदस्य क. लक्ष्मण खतिवडाको संयुक्त उपस्थितिमा निर्वाचन कार्यालय प्रमुख श्री तुलकुमार न्यौपानेलाई बुझाइएको हो।

बुझाइसकेपछि कार्यालय प्रमुख न्यौपानेले पार्टीले समयमै आर्थिक विवरण बुझाएर झापामा उदाहरणीय अभ्यास प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए। “हामीले पत्र काटेपछि मात्र आउने चलन रहँदै आएकोमा समाजवादी पार्टीले स्वस्फूर्त रुपमा विवरण बुझाएको छ, झापामा यसरी विवरण बुझाउने समाजवादी पहिलो पार्टी हो,” उनले भने।

सो अवसरमा नेताहरूले पार्टी अहिले “शुसासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ आन्दोलनमा रहेको जानकारी गराएका थिए। उनीहरूका अनुसार आर्थिक शुसासन समाजवादको अभ्यासतर्फको एक महत्वपूर्ण पाटो भएकोले पार्टीले पारदर्शितामा विशेष ध्यान दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali