Skip to main content

Purbi Garjan

२४औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस झापामा भव्यरुपमा सम्पन्न

विर्तामोड ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको रक्षार्थ जीवन अर्पण गरेका क्रान्तिकारी पत्रकार, साहित्यकार एवम् लेखक कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा २४औं स्मृति दिवस झापाको विर्तामोडमा सम्पन्न भएको छ।

आज मंगलबार जनपत्रकार संगठन नेपाल झापा जिल्ला समितिको आयोजनामा आयोजित कार्यक्रममा संगठनका झापा जिल्ला संयोजक प्रवीण अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेकपा झापा सचिव सञ्जय सी, जिल्ला नेताहरू चमनलाल सी, कुमार सी, युवा संगठन नेपाल झापा इञ्चार्ज मणि सी लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा झापाका सचिव कृष्ण सेनको योगदानको स्मरण गर्दै प्रेस स्वतन्त्रता, वैज्ञानिक समाजवाद र मानव अधिकारका लागि निरन्तर संघर्ष जारी राख्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनले हालका चुनौतीहरूका बाबजुद पनि इच्छुकको आदर्श र योगदानलाई जीवित राख्दै जनपत्रकारिताको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै संगठनका झापा संयोजक एवम् कार्यक्रमका अध्यक्ष प्रविण अधिकारीले कृष्ण सेन इच्छुक प्रति स्मरण गरेर मात्रै नपुग्ने बरु उनले देखाएको बाटोमा संघर्ष गर्नुपर्ने उल्लेख गरे। उनले तत्कालीन राज्य सत्ताले गिरफ्तार गरि हत्या गरिएका इच्छुक जनपत्रकारहरुको मार्गदर्शक रहेको समेत उल्लेख गरे। स्मृति दिवसका अवसरमा पत्रकार सेनप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्रान्तिकारी पत्रकारिता र विचारको संरक्षण र प्रवर्धनका लागि संकल्प समेत व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali