Skip to main content

Purbi Garjan

२४औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस झापामा भव्यरुपमा सम्पन्न

विर्तामोड ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको रक्षार्थ जीवन अर्पण गरेका क्रान्तिकारी पत्रकार, साहित्यकार एवम् लेखक कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा २४औं स्मृति दिवस झापाको विर्तामोडमा सम्पन्न भएको छ।

आज मंगलबार जनपत्रकार संगठन नेपाल झापा जिल्ला समितिको आयोजनामा आयोजित कार्यक्रममा संगठनका झापा जिल्ला संयोजक प्रवीण अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेकपा झापा सचिव सञ्जय सी, जिल्ला नेताहरू चमनलाल सी, कुमार सी, युवा संगठन नेपाल झापा इञ्चार्ज मणि सी लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा झापाका सचिव कृष्ण सेनको योगदानको स्मरण गर्दै प्रेस स्वतन्त्रता, वैज्ञानिक समाजवाद र मानव अधिकारका लागि निरन्तर संघर्ष जारी राख्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनले हालका चुनौतीहरूका बाबजुद पनि इच्छुकको आदर्श र योगदानलाई जीवित राख्दै जनपत्रकारिताको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै संगठनका झापा संयोजक एवम् कार्यक्रमका अध्यक्ष प्रविण अधिकारीले कृष्ण सेन इच्छुक प्रति स्मरण गरेर मात्रै नपुग्ने बरु उनले देखाएको बाटोमा संघर्ष गर्नुपर्ने उल्लेख गरे। उनले तत्कालीन राज्य सत्ताले गिरफ्तार गरि हत्या गरिएका इच्छुक जनपत्रकारहरुको मार्गदर्शक रहेको समेत उल्लेख गरे। स्मृति दिवसका अवसरमा पत्रकार सेनप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्रान्तिकारी पत्रकारिता र विचारको संरक्षण र प्रवर्धनका लागि संकल्प समेत व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali