Skip to main content

Purbi Garjan

आजबाट देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द, सरकारको निर्णयविरुद्ध आन्दोलन

झापा । सार्वजनिक यातायात व्यवसायी तथा श्रमिक संगठनहरूको संयुक्त केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्।

सरकारले गण्डकी प्रदेशका ६ नं. र ७ नं. सडक मार्गहरूमा २०८१ साल जेठ १० गतेदेखि एकीकृत सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो। यस निर्णयले निजी क्षेत्रको लगानीमा सञ्चालन भइरहेका सार्वजनिक यातायात व्यवसायहरू विस्थापित हुने भन्दै व्यवसायी तथा श्रमिक आन्दोलित भएका हुन्।

संघर्ष समितिको भनाइमा, सरकारले ‘राइड सेयरिङ’लाई प्रोत्साहन गर्दै सार्वजनिक यातायात क्षेत्रमा राज्यको लगानीका नाममा निजी व्यवसायलाई विस्थापित गर्न खोजेको छ। उनीहरूले सवारी तथा यातायात व्यवसायीको हक, अधिकार र स्वामित्वको रक्षा गर्न संघर्ष गर्ने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “सरकारको निर्णय असंवैधानिक, गैरजिम्मेवार र निजी क्षेत्रको अधिकारमाथि कुठाराघात हो। यसले सार्वजनिक यातायात व्यवसायको अस्तित्व नै संकटमा पार्ने खतरा देखिएको छ।”

विभिन्न यातायात व्यवसायी तथा श्रमिक संघ-संगठनहरूले समर्थन जनाएका यस आन्दोलनको नेतृत्व सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२ ले गरेको छ। उनीहरूले आन्दोलन फिर्ता लिनका लागि सरकारसँग वार्ता गर्न तयार रहेको पनि जनाएका छन्।

संघर्ष समितिले यातायात बन्दका कारण सर्वसाधारणले पर्न सक्ने असुविधाप्रति खेद व्यक्त गर्दै जनताको सहयोग र समर्थनको अपिलसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali