Skip to main content

Purbi Garjan

विराटनगरका पोखरेलमाथि सम्पत्ति सुद्धीकरणको नजर, ठगीको आरोप

विराटनगरका पोखरेलमाथि सम्पत्ति सुद्धीकरणको नजर, कन्सल्टेन्सीको आवरणमा ठगी धन्दाको आरोप !
थोरै ऋण तिरिदिएर करोडौंको सम्पत्ति क्वाप्लक्कै !

पुजन घिमिरे /झापा । मोरङको विराटनगरस्थित हिमगुण कन्सल्टेन्सीका सञ्चालक विराटनरका कृष्णहरी पोखरेलले ऋण तिरिदिने बहानामा करोडौंको सम्पत्ति हत्याएको भन्दै पीडितहरु न्यायका लागि हारगुहार गरिरहेका छन् । सिमित ऋण तिरिदिएर विराटनगर र झापा दमकस्थित मुख्य बजारकै घर जग्गा हत्याएपछि घर न घाटको अवस्थामा पुगेका पीडितहरु न्यायको खोजीमा लागेका हुन् ।

मोरङको विराटनगर महानगरपालिकाका–११ जनपथ टोल कान्छा दाई मार्गको साढे दुई तलाको घर करिब १७ धुरमा बनेको छ । जसको मुल्य अहिले ४ करोड भन्दा माथि पर्छ । जुन घरका धनी थिए स्थानीय ताराकुमार तुम्रोक । उनले आफ्नो घर एनएमबी बैंकमा धितो राखेर ८५ लाख ऋण लिएका थिए । त्यहि ऋण सल्टाउन भन्दै तुम्रुकले घर बेच्न खोजे ।

त्यही समयको मौका छोप्दै पहिलेदेखिनै चिनजान भएका पोखरेलले पछि बढी मुल्यमा बेचिदिने लोभ देखाएर बैंकको ऋण तिरिदिए र घर जग्गा आफ्नो श्रीमतीका नाममा गराए । ८५ लाखमै करोडौंको सम्पत्ति नामसारी गर्न सफल पोखरेल अहिले ढुक्क सँग बसेका छन् । पीडितले पटक–पटक पहल गर्दा पनि घर फिर्ता ल्याउन नसकेपछि न्यायका लागि दौडधुपमा लागेका छन् ।

पोखरेलबाट ठगीनेमा ताराकुमार त एक उदाहारण मात्र हुन् । झापाको दमकस्थित कुमारी लावतीको २ कठ्ठा ८ धुरको घरजग्गा पनि पोखरेलले त्यसैगरी आफ्नो श्रीमती बिनिता ढकालको नामममा ल्याएका छन् । सुरुमा बैंकको सिमिति ऋण तिरिदिएर करोडौंको घर जग्गा आफ्नो नाममा पारेका पोखरेलले अहिले २४ प्रतिशत ब्याज लगायत बहानाबाजी गर्दै घर जग्गा फिर्ता गर्न मानेका छैनन् । एकाएक घरबास नै उठेपछि अहिले लावती न्यायका लागि हारगुहार गरिरहेकी छिन् ।

यस विषयमा बुझ्न हामीले कन्सल्टेन्सी सञ्चालक पोखरेलसँग सम्पर्क ग¥यौं । उनी ‘मलाई यो केही पनि थाहा छैन, मैले कसैको केही सम्पत्ति खाएको छैन । म धितो मुल्याङ्कन गर्ने इन्जिनियरिङ्ग कन्सलटेन्सी सञ्चालक हुँ । कानुन अनुसार त्यही चलाएर बस्छु’ भन्दै पन्छिए । तर पोखरेलले केही पनि थाहा नपाएको दाबी गरिरहँदा पीडितहरु भने न्यायका लागि भौतारिरहेका छन् ।

यतिसम्मकी सिमिति मुल्य तिरेर करोडौंको सम्पत्ति गुमाउनेहरुमा तुम्रुक र कुमारी मात्र होइन अरुपनी थुप्रै व्यक्तिहरु छन् । मोरङ, सुनसरी, झापा लगायत स्थानका पीडितहरु न्यायको खोजीमा छन् । मोरङमा राम्रो पहुँच र प्रतिष्ठा बनाएका पोखरेल विराटनगरकै धनीमानीमा गनिन्छन् । तर जग्गाको मूल्याकंन गर्ने कन्सल्टेन्सी चलाएर बसेका उनिमाथि धितो मुल्याङ्कनमा समेत तलमाथि गरेर बैंकलाई समेत अप्ठेरोमा पारेको आरोप समेत लागेको छ ।

यति सम्मकी उनले स्वयम आफ्नै घर भित्रको करोडौंको सम्पत्ति पनि आफन्तलाई झुक्याएर आफ्नो श्रीमतीको नाममा पार्न सफल भएका छन् । अहिले उनिहरुको घरभित्रको अंशबण्डाको विषयमा अदालत सम्म पुगेको छ । यतिमात्र होइन उनिविरुद्ध अहिले सम्पत्तिसुद्धिकरको उजुरी समेत परेको छ ।

हुनपनि अहिले उनीबाट पीडित बनेकाहरु थुप्रै छन् । तर कोहि उनको पैसा, प्रभाव र पहुँचका कारण पीडितहरु उजुरी गर्न नै डराउँछन् । जताततै प्रभाव जमाउन सफल पोखरेलका अघि पीडितहरु घुँडा टेक्न बाध्य छन् । यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक छ ताकी पीडितले न्याय पाउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali