Skip to main content

Purbi Garjan

बाहुण्डाँगी: हात्ती पीडितको समस्या समाधान नहुँदा भोलि सयौं पीडित नगरपालिका जुलुससहित जाँदै

बाहुण्डाँगी। झापाको मेचीनगर नगरपालिका स्थित बाहुण्डाँगी क्षेत्रका हात्ती पीडितहरू लामो समयदेखि न्यायको खोजीमा संघर्षरत छन्। जंगली हात्तीबाट ज्यान र धनसम्पत्तिमा क्षति व्यहोर्दै आएका स्थानीयवासीहरूले पटकपटक सम्बन्धित निकायसँग गुहार गरे पनि हालसम्म समस्या समाधान नभएको गुनासो गरेका छन्।

आज पत्रकारहरुसँग कुरा गर्दै हात्ती पीडित संघर्ष समितिले जंगली हात्तीको आक्रमणबाट खेतबारीमा लगाइएको अन्नबाली सखाप हुने, घरगोठ भत्किने, मानवीय क्षति समेत हुने घटना पटकपटक दोहोरिँदै आएको छ। तर, पीडितहरूको उचित राहत, क्षतिपूर्ति वा दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल नहुँदा आफुहरु निराश हुनुपरेको बताएका छन्।

यसै सन्दर्भमा, पीडितहरू भोलि सयौंको संख्यामा बाहुण्डाँगी नगरपालिकातर्फ जुलुससहित जाने तयारीमा छन्। उनीहरूले “न्याय दे, सुरक्षा दे” भन्ने नारासहित स्थानीय प्रशासनसँग ठोस समाधानको माग राख्ने बताएका छन्।

एक स्थानीय पीडित मेघराज खड्काले भने , “हामी वर्षौंदेखि पीडा सहेर बसेका छौं। अहिले पनि हाम्रो बारीमा हात्ती पसेर नास गरिरहेको छ, तर सरकार मौन छ। अब हामी चुप बस्दैनौं। न्याय माग्न नगरपालिका पुग्छौं।”

त्यस्तै हात्ती पीडित संघर्ष समितिको नेतृत्व गरिरहेका प्रशान्त पाण्डेले नेताहरुले बैमानी गरेको बताउँदै न्यायको ढोका ढकढक्याउन भोलि नगरपालिका जाने तयारी गरिरहेको बताए । पीडितहरुका तर्फबाट मेघराज खड्का, विशाल तामाङ, रविन श्रेष्ठ, सुमन कार्की, कौशल उप्रेती लगायतले आफ्ना तर्क राखेका थिए।
यदि राज्यले तत्काल पीडितहरूको समस्या समाधानतर्फ ध्यान नदिए आन्दोलन चर्किने चेतावनी पीडितहरूले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali