Skip to main content

Purbi Garjan

राजेन्द्र गौतम ‘गौतम समाज झापा’को सचिव चयन, बुवाको स्मृतिमा अक्षयकोष स्थापना हुने

बिर्तामोड। पत्रकार राजेन्द्र गौतम ‘गौतम समाज झापा केन्द्रिय समिति’को सचिवमा चयन भएका छन्। झापाको कन्काईमा सम्पन्न समाजको २७औँ वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले गौतमलाई सचिवमा चयन गरेको हो।

अधिवेशनकै अवसरमा उनले आफ्ना स्वर्गीय पिता डिल्लीप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्। ‘स्वर्गीय डिल्लीप्रसाद गौतम स्मृति अक्षयकोष’ नामक कोष रु १ लाखको राशीमा निर्माण गरिने भएको हो।

गौतम समाज मेचीनगरका अध्यक्ष केदार गौतमका अनुसार समाजको संरक्षक रहने गरी निर्माण गरिने उक्त कोषको व्याजबाट हरेक वर्ष कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने, जेहेन्दार तथा न्यून आय भएका एक जना विद्यार्थीलाई पुरस्कार दिइनेछ। सो पुरस्कार आगामी वर्षदेखि वितरण गरिने जनाइएको छ।

राजेन्द्रका पिता डिल्लीप्रसाद गौतमको २०८० साल पुष ५ गते भोजपुरमा ७५ वर्षको उमेरमा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali