Skip to main content

Purbi Garjan

रिडर्स झापाको कला तथा साहित्य महोत्सव, १३ लाख ९७ हजारको आय–व्यय सार्वजनिक

मेचीनगर— रिडर्स झापाको आयोजनामा सम्पन्न पाँचौँ संस्करणको कला तथा साहित्य महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। २०७८/८२ आर्थिक वर्षको कार्यक्रममा कूल १३ लाख ९७ हजार ३ सय रुपैयाँ खर्च भएको आयोजकले जानकारी दिएको हो ।

कार्यक्रममा बुद्ध एयर (रु. ५ लाख), नेशनल ट्रस्ट फर नेचर कन्सरभेसन (NTNC) (रु. २ लाख), नबिल बैंक (रु. २ लाख), पर्यटन कार्यालय (रु. १ लाख ४७ हजार ७५०), र नेपाल टेलिकम, कृषि विकास बैंक, मेची नेत्रालय लगायत २२ संघसंस्था तथा व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भएको हो।

महोत्सवमा सबैभन्दा धेरै खर्च हवाई टिकटमा (रु. ३,०३,७००), त्यसपछि आवास (रु. १,६८,१५०) र खानपान (रु. १,६४,६५०) मा भएको छ। कार्यक्रम सञ्चालनसँग सम्बन्धित अन्य खर्चहरूमा मञ्च व्यवस्थापन, साउण्ड सिस्टम, नाटक प्रस्तुति, प्रचारप्रसार, चित्रकला, मुद्रण र कार्यालय खर्च समावेश छन्।

सहयोगी हात र साझेदारहरू

कार्यक्रम सफल बनाउन विभिन्न विद्यालय, ट्राभल कम्पनी र व्यक्तिहरूले भौतिक सहयोग पनि प्रदान गरेका थिए। होटल मेची क्राउनले ६ टिकट, जनता पेन्ट्सले ६० लिटर प्राइमर, हिमालयन एकेडेमी र विद्या विकास एकेडेमीले बस सेवा, र ईस्टर्न ग्रान्ड होटलले ५ कोठा र १० जनाको भोजनको व्यवस्था गरेका थिए।

साथै, देही आर्ट्स टिम, परिवर्तन थिएटर टिम, मेची चरा तथा बन्यजन्तु संरक्षण समाज, स्काउट, स्वयंसेवक, एनसीसी, प्रगतिशील युवा क्लब, जस्ता संस्थाहरू साझेदारका रूपमा आबद्ध थिए।

कार्यक्रम समन्वयकमा सञ्जु सम्पाङ, सागर सिवाकोटी, र अध्यक्षमा सैलेश दाहाल रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali