Skip to main content

Purbi Garjan

रिडर्स झापाको कला तथा साहित्य महोत्सव, १३ लाख ९७ हजारको आय–व्यय सार्वजनिक

मेचीनगर— रिडर्स झापाको आयोजनामा सम्पन्न पाँचौँ संस्करणको कला तथा साहित्य महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। २०७८/८२ आर्थिक वर्षको कार्यक्रममा कूल १३ लाख ९७ हजार ३ सय रुपैयाँ खर्च भएको आयोजकले जानकारी दिएको हो ।

कार्यक्रममा बुद्ध एयर (रु. ५ लाख), नेशनल ट्रस्ट फर नेचर कन्सरभेसन (NTNC) (रु. २ लाख), नबिल बैंक (रु. २ लाख), पर्यटन कार्यालय (रु. १ लाख ४७ हजार ७५०), र नेपाल टेलिकम, कृषि विकास बैंक, मेची नेत्रालय लगायत २२ संघसंस्था तथा व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भएको हो।

महोत्सवमा सबैभन्दा धेरै खर्च हवाई टिकटमा (रु. ३,०३,७००), त्यसपछि आवास (रु. १,६८,१५०) र खानपान (रु. १,६४,६५०) मा भएको छ। कार्यक्रम सञ्चालनसँग सम्बन्धित अन्य खर्चहरूमा मञ्च व्यवस्थापन, साउण्ड सिस्टम, नाटक प्रस्तुति, प्रचारप्रसार, चित्रकला, मुद्रण र कार्यालय खर्च समावेश छन्।

सहयोगी हात र साझेदारहरू

कार्यक्रम सफल बनाउन विभिन्न विद्यालय, ट्राभल कम्पनी र व्यक्तिहरूले भौतिक सहयोग पनि प्रदान गरेका थिए। होटल मेची क्राउनले ६ टिकट, जनता पेन्ट्सले ६० लिटर प्राइमर, हिमालयन एकेडेमी र विद्या विकास एकेडेमीले बस सेवा, र ईस्टर्न ग्रान्ड होटलले ५ कोठा र १० जनाको भोजनको व्यवस्था गरेका थिए।

साथै, देही आर्ट्स टिम, परिवर्तन थिएटर टिम, मेची चरा तथा बन्यजन्तु संरक्षण समाज, स्काउट, स्वयंसेवक, एनसीसी, प्रगतिशील युवा क्लब, जस्ता संस्थाहरू साझेदारका रूपमा आबद्ध थिए।

कार्यक्रम समन्वयकमा सञ्जु सम्पाङ, सागर सिवाकोटी, र अध्यक्षमा सैलेश दाहाल रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali