Skip to main content

Purbi Garjan

झापाको अर्जुनधारामा फर्निचर उद्योगमा आगलागी, करिब १२ लाखको क्षति

अर्जुनधारा, झापा । गएराति करिब १२ बजे झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ।

स्थानिय मोतीबहादुर खड्काको टिनको छानो र टिनको बेराले बनाइएको एक तले घरमा सञ्चालित ‘खड्का फर्निचर’ मा विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबारे राति १२:०५ बजे सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक नोर्जङ लामा नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल र स्थानिय बासिन्दाको सहयोगमा आगो राति करिब १२:३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको झापाका सुरक्षास्रोतले जनाएको छ।

आगलागीबाट उद्योगमा रहेको एक थान काठ चिर्ने मेसिन र ठूलो परिमाणमा काठपात जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार करिब रु. १२ लाख बराबरको क्षति भएको जनाइएको छ। यद्यपि घटनामा मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali