Skip to main content

Purbi Garjan

साम्बाको पाँच गोलमा लाओसमाथि नेपालको ऐतिहासिक जित

झापा । कप्तान सवित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट पाँच गोलको मद्दतले नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ।

नेपालका लागि अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसी ले पनि समान १–१ गोल गर्दै जितमा योगदान दिए।

पहिलो हाफमा दुई गोल

नेपालले खेलको सुरुवातमै आक्रामक शैली देखायो।
१२औं मिनेटमा अनिता बस्नेतले खेलको खाता खोलेकी थिइन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको बायाँ खुट्टाले प्रहार गरेको बल जाली चुमेको थियो।

४४औं मिनेटमा साम्बाले हेडरमार्फत गोल गर्दै अग्रता २–० मा पुर्याइन्। अनिता बस्नेतको क्रसमा उनले गोल गरेकी थिइन्।

दोस्रो हाफमा गोलको वर्षा

दोस्रो हाफ सुरु भएको २ मिनेटमै नेपालले तेस्रो गोल गर्‍यो। रेनुका नगरकोटेको पासमा साम्बाको उत्कृष्ट मुभमा बल रश्मिले मिस गरेकी थिइन्। तर नजिकै रहेकी सरु लिम्बुले गोल गर्दै आफ्नो ५०औं अन्तर्राष्ट्रिय गोललाई ऐतिहासिक बनाइन्।

५५औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। लामो थ्रु-पासमा किपरसँगको वान भर्सेस वानमा उनले सहज गोल गरिन्।
त्यसको एक मिनेटमै रश्मिकुमारी घिसिङले रेनुकाको पासमा गोल गर्दै स्कोरलाई ५–० मा पुर्याइन्।

सब्स्टिच्युट खेलाडीको प्रभाव

त्यसपछि नेपालले तीन खेलाडी परिवर्तन गर्दै प्रीति राई, पुजा राना र अनिता केसीलाई मैदानमा उतार्‍यो।
रेखा पौडेल र विमला विके पनि केहीबेरपछि मैदान छिर्दा नेपाल अझ आक्रमक देखियो।

७५औं मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्।
त्यसको एक मिनेटपछि उनले व्यक्तिगत चौथो गोल गर्दै आफ्नो दबदबा कायम राखिन्।

८३औं मिनेटमा सब्स्टिच्युट अनिता केसीले गोल गर्दै स्कोर ८–० बनाइन्। ८८औं मिनेटमा साम्बाको प्रहार लाओसको खेलाडीको खुट्टा लागेर गोलमा परिणत भयो।
यो साम्बाको ५९औं खेलमा ६२औं अन्तर्राष्ट्रिय गोल हो।

ऐतिहासिक सुरुवात

यो जितसँगै नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफ मा ३ अङ्कसहित शानदार सुरुवात गरेको छ।
नेपालको समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन्।

कप्तानको रूपमा साम्बाले ५ गोलसहित टिमलाई प्रेरणादायी जित दिलाइन् भने, प्रशिक्षक प्याट्रिक अफ्रेटका लागि यो डेब्यु खेल अत्यन्त सुखद रहयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali