Skip to main content

Purbi Garjan

सहारा नेपालका कर्मचारीमाथि दुव्र्यवहार, दोषीलाई कारबाहीको माग

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का कर्मचारीमाथि दुव्र्यवहार गर्ने दुई महिलाविरुद्ध जाहेरी दिइएको छ।

जाहेरी अनुसार मोरङको मिक्लाजुङ–२ रचनाटार बस्ने नैन प्रसाद लिम्बुकी छोरी दुर्गामाया लिम्बु र चन्द्रलाल मगरकी पत्नी माया मगरले सहारा नेपालका कर्मचारीलाई अपमानजनक व्यवहार गरेका हुन्।

सहारा नेपाल मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने (बी.के) ऋण असुलीका लागि आइतबार गाउँ पुगेका थिए। त्यही क्रममा दुर्गामाया र मायाले अपशब्द प्रयोग गर्दै गालीगलौज मात्र होइन, हातपात गर्दै जुत्ताको माला लगाई दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख छ।

पीडित कर्मचारीका अनुसार योजनाबद्ध रूपमा भएको सो घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा समेत सार्वजनिक गरिएको छ।

घटनापछि सहारा नेपालका अध्यक्ष हरि बहादुर राजवंशीद्वारा जारी विज्ञप्तिमा कर्मचारीमाथिको यस्तो व्यवहारलाई ‘सहकारी क्षेत्र ध्वस्त पार्ने र कर्मचारीको मनोबल गिराउने’ भन्दै कडा आपत्ति जनाइएको छ। विज्ञप्तिमा दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ।

सहारा नेपालको एकीकृत कर्मचारी संगठनले पनि विज्ञप्ति जारी गर्दै घटनालाई ‘निन्दनीय, निकृष्ट, अक्षम्य र अमानवीय’ भन्दै घोर भत्सर्ना गरेको छ। संगठनले अपराधीलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्न र सामाजिक सञ्जालमार्फत गरिएको चरित्र हत्या रोक्न प्रशासनलाई जोडदार माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali