Skip to main content

Purbi Garjan

मेचीनगरमा डग स्न्यापिङ अपरेशन, लागुऔषधसहित तीनजना पक्राउ

झापा। लागुऔषध नियन्त्रण तथा अपराध रोकथामका उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय केनाइन (K9) शाखा धरान, सुनसरीबाट खटिएको डग स्न्यापिङ टोलीले झापाको मेचिनगर क्षेत्रका विभिन्न स्थानमा विशेष अपरेशन सञ्चालन गरेको छ।

मंगलबार साँझ ५ बजेदेखि गरिएको उक्त अपरेशन अन्तर्गत मेचिनगर–९ झोडा लिलाबस्ती, खुट्टिडाँगी क्षेत्र र मेचिनगर–१० पाथिभरा टोल, खयरडाँगी तथा दनुवार बस्ती क्षेत्रमा प्रहरीले दुईवटा तालिमप्राप्त कुकुरको सहयोगमा लागुऔषध खोजतलास गरेको हो।

स्न्यापिङ अपरेशनका क्रममा तीन जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचिनगर–९ झोडा बस्ने २४ वर्षीय रोशन डाँगी रहेका छन्। उनको साथबाट लागुऔषध ट्रामाडोल (Tramadol) ६८ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, २२ वर्षीय अर्जुन दर्जीलाई लागुऔषध सेवन गरेको अभियोगमा पक्राउ गरिएको छ भने लिलाबस्ती बस्ने २८ वर्षीय रविन राजबंशीको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइला पदार्थ १ ग्राम ४२० मिलिग्राम (प्लास्टिकसहित) र अतिरिक्त १ ग्राम १९० मिलिग्राम फेला परेको छ।

पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali