Purbi Garjan

कम्युनिस्ट कार्यदिशाको विमर्शमा आधारित दुई पुस्तक सार्वजनिक

शेरबहादुर विश्वकर्मा

काठमाडौ। नेपालको कम्युनिस्ट आन्दोलन ,समाजवादी क्रान्तिको कार्यदिशा र राजनीतिक कार्यक्रमको बिमर्शमा आधारित दुई पुस्तक सार्वजनिक गरिएको छ।लेखक एवम् मार्क्सवादी श्रष्टा खेम थपलियाकृत `कम्युनिस्ट समाजवाद´ र बामपंथी युवा नेता एवम् लेखक कृष्णहरी भट्टको `कम्युनिस्ट जनवाद´शीर्षकका दुई कृति आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो।

बिद्यमान दलाल पुँजीवादी राज्यसत्तालाई बलपूर्वक अन्त्य गरी जनताको राज्यसत्ता स्थापना गर्नुपर्छ भन्ने मान्यतामा समान धारणा राख्ने कम्युनिस्ट पार्टीहरुकै बिचमा समेत नेपाली क्रान्तिको कार्यदिशा/ कार्यक्रम के हुनुपर्छ: नौलो जनवाद वा समाजवाद ? भनी टुटफुट र बिभाजनको अवस्था रहेको बेला लेखकद्वोय थपलिया र भट्टको पुस्तकले आन्दोलनको महत्त्वपूर्ण सवालमा बिमर्श गर्न र नयाँ निष्कर्षमा पुग्नका लागि युवा पुस्तालाई उत्प्रेरित गर्ने कार्यक्रमका टिप्पणीकार बक्ताहरुले बताएका छन् ।

पुस्तक सार्वजनिकीकरण एवम् परिचर्चा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नौलो जनवाद वा समाजवाद भन्ने बिषय बृहत बहस गर्नुपर्ने सवाल भएको उल्लेख गर्दै नेपालमा आदिम साम्यवाद, दासयुग, सामन्तवादी युग र पुँजीवादी युगका मिश्रित अबशेष र विशेषता पाउँन सकिने भएपनि आजको प्रगतिशील बर्ग र उत्पादन सम्बन्धको चरित्रको प्रधान पक्षको आधारमा नेपाली क्रान्तिको कार्यदिशा समाजवाद हुनुपर्ने बताए ।

मन्तव्यको क्रममा महासचिव विप्लवले पुस्तकमा व्यक्त दृष्टिकोणको मुख्य पक्षसङ्ग आफूहरु सहमत रहेको भन्दै दुइटै पुस्तकले नेपाली क्रान्तिको कार्यदिशा, संघर्षको स्वरुप र राजनीतिक कार्यक्रमबारे बहस गर्न उत्प्रेरित गर्ने बिचार व्यक्त गरे।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले कम्युनिस्ट आन्दोलनमा उपभोक्तवाद र सत्तामोह हाबी भएर बिचार र मार्क्सवादको अध्ययन कमजोर हुँदै गएको बेला प्रकाशित कार्यदिशा सम्बन्धी कृतिले बैचारिक बहसका लागि महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा रहेको बताए ।उहाँले नौलो जनवाद र समाजवाद एकअर्कोको बिपरित कार्यक्रम नभएको बरु सामन्तवाद र साम्राज्यवादी उत्पीडनद्वारा शोषित पीडित जनता र देशलाई मुक्त गरी समाजवादमा पुग्ने कार्यक्रम नै नौलो जनवाद भएको दाबी गरे।

समाजवादका लागि बर्तमान राज्यसत्ता अन्त्य गर्नु तथा जनवाद र समाजवाद अन्तरसम्बन्धित बिषय हुन् भन्ने कुरा स्पस्ट गर्नु अनिवार्य रहेको भन्दै नेपालमा जनवादी क्रान्तिका प्रमुख कार्यभार पूरा गर्न अझैं बाँकी रहेको अध्यक्ष कट्टेलको भनाइ थियो।
त्यस्तै पुस्तक परिचर्चा गर्ने क्रममा `कम्युनिस्ट जनवाद´माथि टिप्पणी गर्दै रामबहादुर बुढाले पुँजीवादी व्यवस्थाको अन्त्य गरेर स्थापना गरिने राज्यसत्ताको असली चरित्र अभिव्यक्त गर्न जनवाद र समाजवाद पदावलीको प्रयोग हुँदै आए पनि यतिबेला ती शब्दको प्रयोगमा भ्रम सिर्जना गर्न खोज्ने प्रवृति बढ्दै गएको बेला प्रकाशित कृतिले बहस र छलफलका लागि सकारात्मक योगदान गर्ने बताए।उहाँले रास्ट्रीयता र जनवाद सम्बन्धी नेपाली क्रान्तिका दुई कार्यभार पुरा हुन बाँकी रहेकोले जनवादी कार्यक्रमको चरण पूरा नभएको तर नेपाली समाजको आर्थिक सामाजिक चरित्र पुष्पलालको समयको जस्तो भने नरहेको बताए ।

त्यस्तै कार्यक्रममा कम्युनिस्ट समाजवादमाथी टिप्पणी गर्दै कृष्ण वाग्ले `रुपेश´ले जनवाद समाजवादी क्रान्तिको तयारी हो भने समाजवाद जनवादी क्रान्तिको परिणाम भएको उल्लेख गर्दै प्रस्तुत पुस्तकमा कार्यदिशा, कार्यक्रम लगायत राजनीतिक बिषयमा जति चर्चा छ त्यो अनुसार राजनीतिक अर्थशास्त्र र नेपालको जनजाति आन्दोलन एवम् संघीयताबारे पर्याप्त सामग्री आउँन नसकेको बताए।उहाँले पुस्तकमा समाजवाद कसरी आउँछ? भन्नेबारे गम्भीर छलफल गर्दै वर्गसंघर्षको प्रक्रिया र संशोधनवादविरुद्धको संघर्षबिना क्रान्ति सम्पन्न गर्न नसकिने भनि उल्लेख गर्नु बर्गीय पक्षधरता र स्पस्टता भएको चर्चा गरे।

भूडीपुँराण प्रकाशनगृहद्वारा प्रकाशित उक्त दुइटै पुस्तक ५ सय ५२ पेजमा रहेका छन भने पुस्तको मुल्य ११ सय राखिएको छ। भूँडीपुराण प्रकाशन गृहद्वारा प्रकाशित कृतिको सार्वजनिकीकरण कार्यक्रमको अध्यक्षता प्रकाशक संस्थाका प्रबन्धक केशव पराजुलीले गरेका थिए भने कार्यक्रमको सञ्चालन खेम थपलियाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चन्द्रगढी महिला गोल्डकप आजबाट शुरु हुँदै, रचना रिमालको प्रस्तुति रहने

चन्द्रगढी महिला गोल्डकप आजबाट शुरु हुँदै, रचना रिमालको प्रस्तुति रहने

बिर्तामोड । आजबाट शुरु हुने ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उद्घाटन कार्यक्रममा गायिक रचना रिमालले प्रस्तुति दिने...
बाहुणडाँगीमा मोटरसाइकल दुर्घटना : सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का प्रहरी घाइते

बाहुणडाँगीमा मोटरसाइकल दुर्घटना : सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का प्रहरी घाइते

झापा । झापाको मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ...
सरकारी दस्तावेजमा अब पूर्वपश्चिम राजमार्ग होइन “महेन्द्र राजमार्ग”

सरकारी दस्तावेजमा अब पूर्वपश्चिम राजमार्ग होइन “महेन्द्र राजमार्ग”

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससम्बन्धी अघि सार...
शनिश्चरेलाई हराउँदै आदर्श युवा क्लब अन्तिम चारमा

शनिश्चरेलाई हराउँदै आदर्श युवा क्लब अन्तिम चारमा

झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुधबारे सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्...
ne_NPNepali