Skip to main content

Purbi Garjan

नयाँ रिसर्च विना समाजवादी क्रान्ति असंभव: विप्लव

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि नयाँ कार्यदिशा र कार्यक्रमको रिसर्च अनिवार्य भएको बताएका छन् । लेखक एवम् प्रगतिवादी श्रष्टा खेम थपलियाकृत `कम्युनिस्ट समाजवाद´र बामपंथी नेता कृष्णहरी भट्टको `कम्युनिस्ट जनवाद´ शीर्षकका दुई पुस्तकको सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा विप्लवले अब समाजवादको पुरानो परिभाषाले क्रान्ति संभव नहुने बताए ।

आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले बिश्वमा समाजवादी क्रान्ति र कम्युनिस्ट आन्दोलन सफल हुन नसक्नुको प्रमुख कारण साम्राज्यवाद मात्रै नभइ कम्युनिस्टहरुले फेरिएको बस्तुगत परिस्थिति अनुसार बिचार र राजनीतिक कार्यक्रम बिकास गर्न नसक्नु प्रमुख समस्या भएको बताए ।

“अहिले देश दिशाहिन छ भनेर भनिदैछ, यो सत्य होइन”,- महासचिव विप्लवलेभने “समाजवादी क्रान्तिको दिशातिर नेपाल जाँदैछ र त अहिले यस बारेमा सबैतिर बहस छ।”

देशमा अहिले जुन आर्थिक, राजनीतिक बिकृति, सामाजिक अराजकता र निराशा लगायत जे जति समस्या छ्न, त्यसको मुख्य श्रोत भनेको संक्रमणकाल टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै विप्लवले नेपालमा दुइटा बर्ग र बिचारबिचको संघर्ष एवम् छिनाझपडी जारीरहेकोले अहिले कुनै एउटा बर्गको मात्रै सत्ता स्थापित भैनसकेको बताए ।

नेपाली समाजको आर्थिक सामाजिक चरित्रको आधारमा क्रान्तिको रणनीति `नौलो जनवाद हुने वा समाजवाद´भन्ने बारे स्पष्ट पार्ने क्रममा महासचिव बिप्लवले नेपाली समाजमा आदिम साम्यवाद, दासयुग, सामन्तवादी युग र पुँजीवादी साम्राज्यवादी युगका मिश्रित अबशेष र विशेषता विद्यमान रहेपनि अहिलेको अग्रगामी बर्ग कुन हो र प्रमुख अन्तरबिरोध के हो ? भन्ने आधारमा नेपाली क्रान्तिको कार्यक्रम समाजवाद हुने बताए ।
नेपालको कम्युनिस्ट आन्दोलनमा सिद्धान्तबाट सिद्धान्तको मात्रै कुरा हुने तर प्रमुख समस्या नेताहरुको सिद्धान्त एकातिर र व्यबहार अर्कोतिर हुनु भएको भन्दै उहाँले समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ बिचारका आधारमा पुनर्गठन र ध्रुवीकरण नगर्ने हो भने अघिल्लो पुस्ताले बनाएको ६५ प्रतिशत जनमत समेत समाप्त पार्ने षड्यन्त्र जारी रहेको बताए ।

देशको समस्या समाधानको एकमात्रै विकल्प समाजवाद भएको, त्यो पनि २० औं शताब्दीको समाजवाद होइन की २१ औं शताब्दीको समाजवाद जरुरी हुने,संसारभर ट्रम्पले एमसीसी कटौती गरिरहेको बेला नेपालमा निरंतरता दिने कुरा गम्भीर बिषय भएको र दलाल पुँजीवादी सत्ता जति असफल हुन्छ, त्यति त्यो फासीवादतिर जाने कुरा आफूहरु माथि लगाएको प्रतिबन्ध र हालै विद्या भण्डारीलाई सदस्यता समेत नदिने गरि भएको निर्णयले संकेत गरेको बिप्लवको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali