Skip to main content

Purbi Garjan

नेकपाद्वारा साउन ३० गते एमसीसी विरुद्ध देशभर जनप्रदर्शनको घोषणा

२० साउन, काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसी परियोजना घातक भएको भन्दै साउन ३० गते देशका मुख्य सहरहरूमा व्यापक जनप्रदर्शनको आह्वान गरेको छ।

पार्टीका एमसीसी सरोकार समिति संयोजक भरत सीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै “घातक एमसीसी” विरुद्धको जनप्रदर्शन सफल पार्न सबै देशभक्त नागरिकलाई सहभागी हुन आग्रह गरेका छन्।

नेकपाले अमेरिकाले केही समयअघि स्थगनमा राखेको एमसीसी परियोजना नेपालमा पुनः लागू गर्ने निर्णयले गम्भीर अवस्था सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन्। परिमार्जन विना जबरजस्ती एमसीसी लाद्नु अत्यन्त घातक छ।”

पार्टीले देशभक्त, वामपन्थी–कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिहरूलाई उक्त आन्दोलनमा ऐक्यबद्ध हुन अनुरोध गर्दै एमसीसी लागू नगरेसम्म संघर्ष जारी रहने चेतावनीसमेत दिएको छ।

साथै, साउन ३० गते हुने जनप्रदर्शनलाई सफल बनाउन सम्पूर्ण सचेत नागरिकहरूलाई नेकपाले विशेष अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali