Skip to main content

Purbi Garjan

नेकपाद्वारा साउन ३० गते एमसीसी विरुद्ध देशभर जनप्रदर्शनको घोषणा

२० साउन, काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसी परियोजना घातक भएको भन्दै साउन ३० गते देशका मुख्य सहरहरूमा व्यापक जनप्रदर्शनको आह्वान गरेको छ।

पार्टीका एमसीसी सरोकार समिति संयोजक भरत सीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै “घातक एमसीसी” विरुद्धको जनप्रदर्शन सफल पार्न सबै देशभक्त नागरिकलाई सहभागी हुन आग्रह गरेका छन्।

नेकपाले अमेरिकाले केही समयअघि स्थगनमा राखेको एमसीसी परियोजना नेपालमा पुनः लागू गर्ने निर्णयले गम्भीर अवस्था सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन्। परिमार्जन विना जबरजस्ती एमसीसी लाद्नु अत्यन्त घातक छ।”

पार्टीले देशभक्त, वामपन्थी–कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिहरूलाई उक्त आन्दोलनमा ऐक्यबद्ध हुन अनुरोध गर्दै एमसीसी लागू नगरेसम्म संघर्ष जारी रहने चेतावनीसमेत दिएको छ।

साथै, साउन ३० गते हुने जनप्रदर्शनलाई सफल बनाउन सम्पूर्ण सचेत नागरिकहरूलाई नेकपाले विशेष अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali