Skip to main content

Purbi Garjan

कोशी प्रदेशमा ‘लम्पी स्किन’ महामारी : झापामा सबैभन्दा धेरै

झापा, २२ साउन । कोशी प्रदेशमा पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्ररूपमा फैलिएको छ । जेठको पहिलो सातादेखि फैलिएको महामारीबाट हालसम्म २२ हजार १ सय २२ पशु संक्रमित भएका छन् । रोगका कारण ६३७ पशुको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार मृत्यु हुनेमध्ये ६३५ गाई–गोरु र २ भैसी–राँगा रहेका छन् । संक्रमितमध्ये २१ हजार ८९८ गाई–गोरु तथा २२४ भैसी–राँगा छन् । निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा. सुशील अधिकारीका अनुसार महामारी सुरुमा प्रदेशका १० जिल्लामा सीमित थियो । तर, गत हप्ता तेह्रथुममा पनि संक्रमण देखिएको छ ।

 

सबैभन्दा बढी संक्रमण झापा जिल्लामा देखिएको छ । झापामा १४ हजार ६९२ पशु संक्रमित भएका छन् । त्यसपछि मोरङ, इलाम र सुनसरीमा पनि उच्च दरमा संक्रमण फैलिएको अधिकारीले जानकारी दिनुभयो ।

रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका तीन लाख २५ हजार ६२ गाईरगोरु तथा भैसी–राँगामा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको छ । पशुसेवा विभागले कोशी प्रदेशलाई चार लाख खोप उपलब्ध गराएको छ भने खोप अभियान हाल पनि जारी रहेको अधिकारीले बताउनुभयो ।

गर्मी बढेसँगै रोगको संक्रमण दर बढ्ने चिकित्सकहरू बताउँछन् । लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट रोग एक पशुबाट अर्कोमा सर्ने गर्छ । रोग लागेपछि पशुको शरीरमा फोकाहरु निस्कने, ती फोकाहरु फुटेर घाउ हुने र पशु कमजोर हुने चिकित्सकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali