Skip to main content

Purbi Garjan

कोशी प्रदेशमा ‘लम्पी स्किन’ महामारी : झापामा सबैभन्दा धेरै

झापा, २२ साउन । कोशी प्रदेशमा पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्ररूपमा फैलिएको छ । जेठको पहिलो सातादेखि फैलिएको महामारीबाट हालसम्म २२ हजार १ सय २२ पशु संक्रमित भएका छन् । रोगका कारण ६३७ पशुको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार मृत्यु हुनेमध्ये ६३५ गाई–गोरु र २ भैसी–राँगा रहेका छन् । संक्रमितमध्ये २१ हजार ८९८ गाई–गोरु तथा २२४ भैसी–राँगा छन् । निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा. सुशील अधिकारीका अनुसार महामारी सुरुमा प्रदेशका १० जिल्लामा सीमित थियो । तर, गत हप्ता तेह्रथुममा पनि संक्रमण देखिएको छ ।

 

सबैभन्दा बढी संक्रमण झापा जिल्लामा देखिएको छ । झापामा १४ हजार ६९२ पशु संक्रमित भएका छन् । त्यसपछि मोरङ, इलाम र सुनसरीमा पनि उच्च दरमा संक्रमण फैलिएको अधिकारीले जानकारी दिनुभयो ।

रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका तीन लाख २५ हजार ६२ गाईरगोरु तथा भैसी–राँगामा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको छ । पशुसेवा विभागले कोशी प्रदेशलाई चार लाख खोप उपलब्ध गराएको छ भने खोप अभियान हाल पनि जारी रहेको अधिकारीले बताउनुभयो ।

गर्मी बढेसँगै रोगको संक्रमण दर बढ्ने चिकित्सकहरू बताउँछन् । लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट रोग एक पशुबाट अर्कोमा सर्ने गर्छ । रोग लागेपछि पशुको शरीरमा फोकाहरु निस्कने, ती फोकाहरु फुटेर घाउ हुने र पशु कमजोर हुने चिकित्सकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali