Skip to main content

Purbi Garjan

बिर्तामोडबाट एक लाख १४ हजारसहित ८ जुवाडे पक्राउ

बिर्तामोड, २२ साउन । झापाको बिर्तामोडबाट बुधबार राति प्रहरीले ८ जना जुवाडे पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा बिर्तामोड–५ ट्राफिक बिटस्थित सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको चिया÷नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा इलाम नगरपालिका–९ गोलाखर्क घर भई हाल बिर्तामोड–५ धिमाल चोकमा बस्दै आएका ३८ वर्षीय तीर्थराज तामाङ, इलाम देउमाई नगरपालिका–१ बरबोटे घर भई हाल अर्जुनधारा–११ बसपार्कमा बस्दै आएका ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङको पाथिभरा याङ्बरक गाउँपालिका–२ थेचङ्गु घर भई बिर्तामोड–६ स्यालडाँगीमा बस्दै आएका ४२ वर्षीय भुपालकुमार कटुवाल र पाँचथरको हिलिहाङ गाउँपालिका–८ भारपा घर भई हाल बिर्तामोड–५ किराँत चोकमा बस्दै आएका २९ वर्षीय मनकुमार कटुवाल छन् ।

त्यस्तै, पाँचथरको फिदिम नगरपालिका–४ थापाटार घर भई हाल बिर्तामोड–५ सगरमाथा टोलमा बस्दै आएका ४९ वर्षीय हमबहादुर थापा, झापाको धरमपुर घर भई हाल बिर्तामोड–५ बसपार्कमा बस्दै आएका ५१ वर्षीय गोपाल श्रेष्ठ, पाँचथर नगरपालिका–३ लालीखर्क घर भई हाल बिर्तामोड–६ बुट्टाबारीमा बस्दै आएका ३५ वर्षीय सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ गाउँपालिका–७ धारपा घर भई हाल बिर्तामोड–५ बसपार्क बस्दै आएका ३५ वर्षीय ध्रुव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट खोलिएको ६ बुङ, नखोलिएको ६ बुङ तास र नगद एक लाख १४ हजार ५ सय ५५ रुपैयाँ बरामद गरेको छ । पक्राउ उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट ४ दिन म्याद थप गरी आवश्यक कारबाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali