Skip to main content

Purbi Garjan

आइएमई लाइफ काकडभिट्टाले मानवसेवा आश्रममा मनायो ८औँ स्थापना दिवस

मेचीनगर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको काँकरभिट्टा शाखाले आफ्नो ८औँ स्थापना दिवस सामाजिक उत्तरदायित्व अन्तर्गत मनाएको छ।

स्थापना दिवसको अवसरमा मेचीनगर–४ स्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गर्दै त्यहाँ आश्रित ६८ जनालाई चियापान गराइएको थियो। साथै संस्थाले आश्रमलाई आवश्यक खाद्यान्न दाल,चामल, तेल , चिउरा, चिनी, मटर , जिरा, मुरई लगायतका सामाग्री हस्तान्तरण गरेको थियोे ।

कार्यक्रममा मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, आइएमई लाइफ काँकरभिट्टा शाखा प्रमुख हरि मिश्र, एमडिआरटी नविन श्रेष्ठ, सञ्चारकर्मी शिशिर चम्लागाईलगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा शाखा प्रमुख मिश्रले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै वडाध्यक्ष कार्कीले सहयोगलाई प्रशंसनीय भन्दै कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहकार्य गर्दै अघि बढ्ने बताए।

मानव सेवा आश्रमले सहयोगका लागि आभार व्यक्त गरेको छ। स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेर मनाएको कदमलाई स्थानीयवासीले पनि सकारात्मक रूपमा लिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali