Skip to main content

Purbi Garjan

शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाह झापामा, यसपटक राप्रपाको तामझामबिनै स्वागत

झापा । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाह झापा आइपुग्नु भएको छ । उहाँसहितको परिवार करिब १० दिन झापामा बस्ने कार्यक्रम रहेको छ । शाह  बुद्ध एयरको काठमाडौं–चन्द्रगढी उडानमार्फत झापा आइपुग्नु भएको हो ।

चन्द्रगढी विमानस्थलबाट उहाँ सिधै दमक नगरपालिका–९ स्थित हिमालयन महालक्ष्मी टि–इस्टेटतर्फ लाग्नुभएको छ, जहाँ शाहको स्वामित्वमा चिया बगान र मिनी दरबार रहेको छ । शाहसँगै कोमल शाह, छोरी प्रेरणा शाहलगायत परिवारका ६ सदस्य पनि झापा आएका छन् ।

विमानस्थलमा बा.२१ च ७३१८, बा.६ च २८२९, बा.प्र.०१–०२७ च ६१७१, बा.१७ च ७३६२, बा.१ झ १४८४, बा.१७ च २६७६, बा.४ च ६९७६ र बा.१ झ ३९१३ नम्बरका आठ वटा गाडीमार्फत सुरक्षाकर्मी र समर्थक पुगेका थिए ।

शाह परिवारलाई विमानस्थलमा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, नेपाल विद्वत परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल, पूर्वमन्त्री बद्रीप्रसाद मण्डल, पूर्वसहायक मन्त्री टेकनारायण राजवंशीलगायतले स्वागत गरेका थिए । त्यस्तै परिषद उपाध्यक्ष बल्लवप्रसाद दाहाल, मोरङ अध्यक्ष पुष्पराज दाहाल, सुभद्रा गेलाल, ज्वाला दाहाल, पप्पुलाल चौधरी, सन्दिप घिमिरेलगायतले पनि स्वागतमा सहभागी भएका थिए । उपप्रमुख कार्की, राजवंशी, गेलाल र ज्वाला बाहेक अन्य सबै स्वागतकर्ता झापा बाहिरका थिए ।

यसअघि राजा ज्ञानेन्द्र झापा आउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले ठूलो भीडभाड र तामझामका साथ स्वागत गर्ने गर्थे । तर, यसपटक त्यस्तो दृश्य देखिएन । राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझाले सो दिन पार्टीको कार्यक्रम सुरुङ्गामा चलिरहेको कारण पनि स्वागतमा कार्यकर्ता नपुगेको बताउनुभयो ।

ओझाले भने, “उहाँ झापा आउने कुरा पार्टीलाई आधिकारिक रूपमा जानकारी दिइएको थिएन । नितान्त पारिवारिक र व्यक्तिगत कामका लागि उहाँ आएको हो । स्वागतमा नजादैमा पार्टीले राजसंस्थाको मुद्दा छाडेको भन्ने होइन ।”

यसअघि जेठको दोस्रो साता शाह परिवार १५ दिनका लागि झापा बसेको थियो । काठमाडौंबाट राजावादी आन्दोलन उत्कर्षमा पुगेको र तीनकुनेमा दुईजनाको ज्यान जाने घटना भएको केही दिनमै शाह परिवार उपत्यका बाहिर निस्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali