Skip to main content

Purbi Garjan

भाटभटेनीमाथि आक्रमणको तमु छोँज धींको निन्दा

झापा, १ असोज । जेनजी आन्दोलनको क्रममा देशभरमा भएको घटनाप्रति तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, उद्योग व्यवसाय, प्रहरी चौकीलगायत स्थानमा भएको तोडफोड, आगजनी र लुटपाट घटनाप्रति परिषद्ले दुःख व्यक्त गर्दै यसलाई निन्दनीय भनेको छ ।

परिषद्ले मीनबहादुर गुरुङको भाटभटेनीमाथि भएका आक्रमणको निन्दा गरेको छ । १०औं हजारलाई रोजगारी दिइरहेको भाटभटेनी सुपरस्टोरमा आगजनी र लुटपाटजस्ता अराजक गतिविधिले सम्पूर्ण नेपाली जनताको साझा पहिचान, व्यवसाय र सामाजिक संरचना नै आघातमा परेको विज्ञप्तिमा उल्लेख छ । संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न पनि परिषद्को माग छ ।

 

महासचिव अधिवक्ता राजु गुरुङले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका प्रहरी तथा अन्य परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने पीडित परिवारलाई क्षतिपूर्ति र आवश्यक पुनर्स्थापनाका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने साथै तोडफोडबाट प्रभावित व्यवसायी र समुदायलाई उचित क्षतिपूर्ति दिन राज्यसँग माग गरेको छ ।

‘सयौं साना तथा घरेलु उद्योगहरुको आश्रयदाता, राज्यलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अरबौ रुपैया कर भुक्तान गर्ने, आफ्नो आम्दानीबाट त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ्ग) अस्पतालमा दैनिक १००० विरामीलाई आकस्मिक सेवा प्रदान गर्ने भवन निर्माण गर्ने भाटभटेनी सुपर स्टोरको २१ वटा भन्दा बढी स्टोरमा भएको आगजनी र लुटपाट प्रति देश र विदेशमा रहेको सम्पुर्ण तमू समुदायको प्रतिनिधित्व गर्दै तमू हयूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गहिरो दुस्ख व्यक्त गर्दछ र उक्त कार्य प्रति खेद प्रकट गर्दछौं’, परिषद्ले भनेको छ ।

दुस्खद घडीमा गुङको आत्मबल उच्च राख्न भाटभटेनी सुपर स्टोर नजिक रहेका तमू समुदायलाई सरसफाइ अभियानमा सहयोग गर्न आव्हान गरिएको छ ।

साथै जेनजी आन्दोलनको नाममा जनताबाट अनुमोदित धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व, लोकतन्त्र, सङघीयता साथै उत्पिडित समुदायको पहिचान, भाषा, संस्कृतिको संरक्षण, स्वशासनको अधिकार नकुल्चिन चेतावनीसमेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali