Skip to main content

Purbi Garjan

इलामको देउमाईमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

 निशान निराेैला , इलाम । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, मिति २०८२ साल कात्तिक १३ गते बिहान करिब १०:३० बजे, तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्रदेश १–०१–०१६प १३६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी रक्सेबाट प्रहरी निरीक्षक रोजन नेम्बाङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र बोलेरोमा सवार ९ जना गरी १० जना घाइते भएका छन्। बोलेरो चालक तेह्रथुम आठराई गाउँपालिका–२ निवासी २६ वर्षीय रबिन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बोलेरो सडकबाट करिब १० मिटर तल खसेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकलका कागजात साथमा नभएको र बाटो अबरुद्ध नभएको समेत प्रहरीले बताएको छ। घाइतेहरुको विवरणः 1. सुशिला तिमल्सिना (३०), झापा बिर्तामोड–६ – भित्री चोट, बोल्न नसक्ने, अवस्था मध्यम। 2. छबीलाल गुरुङ (६५), तेह्रथुम आठराईत्रियुगा–१ – टाउको र घुँडामा चोट, अवस्था सामान्य। 3. प्रकाश शेर्पा (३०) – निधार र नाकमा चोट, अवस्था सामान्य। 4. डम्मर कुमारी गुरुङ (६४), ताप्लेजुङ आठराईत्रिवेणी–१ – अनुहारमा चोट, अवस्था सामान्य। 5. इन्द्र गुरुङ (३०) – अनुहारमा चोट, अवस्था सामान्य। 6. अञ्जना गुरुङ (२८) – बायाँ हातमा चोट, अवस्था सामान्य। 7. सुष्मा लिम्बू (३२), धनकुटा – बायाँ हातमा चोट, अवस्था सामान्य। 8. असिना तामाङ (२३), पाँचथर फालेलुङ–६ – निधारमा चोट, अवस्था सामान्य। 9. चन्द्रकला कालिकोटे (२७), झापा बुद्धशान्ति–४ – बाहिरी चोट नभएको, अवस्था सामान्य। 10. लक्ष्मी प्रसाद मैनाली (३६), पाँचथर हिलिहाङ–६ – मोटरसाइकल चालक, दाहिने हातको हत्केलामा चोट, अवस्था सामान्य। प्रहरीका अनुसार बोलेरो चालकको दाहिने गाला र खुट्टामा सामान्य चोट लागेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali