Skip to main content

Purbi Garjan

जेनजी मुद्दामा दमन रोक्न माग गर्दै विप्लवका नेता जेनजीसहित सिडिओ कार्यालयमा

झापा। गत भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा आह्वान गरिएको आन्दोलनसँग सम्बन्धित घटनापछि झापामा भइरहेको धरपकड, कुटपिट र कथित झुटा मुद्दा दर्ताको विरोध गर्दै नेकपा (माओवादी) का झापा इन्चार्ज सुमनसिंह सी नेतृत्वको टोली आज प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालय, झापा पुगेको छ।

सिडिओ कार्यालयमा बुझाइएको ध्यानाकर्षण पत्रमा “अपराधीलाई उन्मुक्ति दिँदै अबोध जेनजी युवालाई भिडियो–फोटोको भरमा पक्राउ गर्ने, झुटा मुद्दा थोपर्ने तथा हिरासतमा कुटपिट गर्ने कार्य तत्काल रोक्न” माग गरिएको छ।

नेता सुमनसिंहले वास्तविक दोषीमाथि कारबाही नगरी आन्दोलनमा सहभागी युवामाथि दमन गर्नु सत्ताको चरित्रगत कमजोरी भएको टिप्पणी गरे। उनले बन्द कोठाभित्र बसेर षड्यन्त्र र दुष्प्रचार गर्ने एनजिओ–आईएनजिओका दलालहरू पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने तर परिवर्तनको चाहनासहित सडकमा निस्किएका युवामाथि अनावश्यक दमन गर्न नहुने बताए।

ध्यानाकर्षण पत्रमा झापा जिल्ला दक्षिण एशियाली भू–राजनीतिमा संवेदनशील क्षेत्र भएकाले प्रशासन थप जिम्मेवारीपूर्वक, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने उल्लेख छ। चिकेन्स–नेक क्षेत्रको संवेदनशीलता याद गर्दै यस क्षेत्रमा कुनै पनि दमनकारी कदमले अस्थिरता बढ्न सक्ने चेतावनी दिइएको छ।

बुझाइएको पत्रमा नेकपा (माओवादी) झापा सचिव संजय सी र जेनजी सरोकार मोमेन्ट झापा संयोजक विनोद मगरका हस्ताक्षर छन्। उनीहरूले जेनजी आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास जनविरोधी भएको र वास्तविक षड्यन्त्रकारीमाथि कारबाही नगर्ने हो भने झापामा अस्थिरता बढ्ने चेतावनी दिएका छन्।

सिडिओ कार्यालय पुगेका नेताहरूले हाल जारी दमनकारी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सुधारात्मक कदम चाल्न प्रशासनलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali