Skip to main content

Purbi Garjan

आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर –७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

मेचीनगर – ८ स्थित किरात याक्थुङ् चुम्लुङ्को सभाहलमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर— ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए । गाउँमा छरिएर रहेको साना – साना पुँजीहरुलाई एकीकृत गरेर सदस्यहरुको जीवन स्तर उकास्ने एकमात्र भरपर्दाे माध्यम सहकारी भएको बताउँदै उनले पछिल्लो समय सहकारी आर्थिक समृद्धिको आधार समेत बन्दै गएको धारणा राखे ।

प्रमुख अतिथि धमलाले हाल देशभर ३३ हजार बढी सहकारी रहेको र केही सहकारीका सञ्चालक समिति र कर्मचारीको लापरवाहीका कारण देशभरका सहकारी यतिखेर बदनाम हुँदै गएको बताउँदै सहकारीको मुल्य मान्यता र सिद्यान्त भित्र रहेर सहकारी सञ्चालनमा जोड दिए ।

कार्यक्रमा प्रेस क्लव मेचीनगरका निवर्तमान अध्यक्ष डम्बर बराल, प्रेस क्लव मेचीनगरका वर्तमान सचिव प्रविण अधिकारी, ज्येष्ठ नागरिक मेचीनगर – ७ का अध्यक्ष पिताम्बर शर्माले सहकारीको सफलताको शुभकमा व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस क्लव मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, समाजसेवी सहदेव राजबंशी लगायतको आतिथ्यता रहेको थियो ।

सहकारी संस्थाकी अध्यक्ष गीता राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा प्रतिवेदन सहकारी संस्थाको लेखा संयोजक नारायण दंगालले प्रस्तुत गरेका थिए भने उपाध्यक्ष युवराज आचार्यले संस्थाको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको थिए । कार्यक्रमको अवसरमा सहकारीले उत्कृष्ट बचतकर्ता तर्फ एलिसा तामाङ र पदम कुमारी राजवंशी तथा उत्कृष्ट ऋणी तर्फ हरिनाथ राजवंशी र तिल कुमारी मेचेलाई सम्मान गरिएको थियो । सम्मानित ब्यक्तिहरुलाई सम्मान पत्रसहित खादा ओढाएर प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिव कमल ढुंगेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali