Skip to main content

Purbi Garjan

युथ फर सोसाइटी मेचिनगर–१५ द्वारा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

मेचीनगर । युथ फोर सोसाइटी मेचिनगर–१५ ले समुदायप्रतिको उत्तरदायित्व र मानवीय भावनालाई महत्व दिँदै जाडोबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यका साथ ज्ञानदीप प्राथमिक विद्यालयका कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो नयाँ कपडा वितरण गरेको छ।


कठ्याङ्ग्रिदो जाडोमा बालबालिकाले सहज रूपमा विद्यालय आउने–जाने वातावरण मिलोस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन राजबंशी, प्रधानाध्यापक अन्नु पौडेल, विद्यालयका शिक्षक–शिक्षिका, युथ फोर सोसाइटी मेचिनगरका कोषाध्यक्ष खिरोज बराल, मेचिनगर–१५ का संयोजक जयराम दाहाल, सचिव आयुस्का श्रेष्ठ, कोषाध्यक्ष स्मृति राउत, उप–कोषाध्यक्ष दिक्षा साह तथा सदस्य मनिसा बुढाथोकीको उपस्थिति थियो।


कार्यक्रम सफल बनाउन महत्वपूर्ण सहयोग प्रदान गर्ने काजल थुम्सुयाङ्गप्रति संस्थाले विशेष आभार व्यक्त गरेको छ।
समाजसेवा र मानवीयताको भावना बोकेको यस्ता अभियानमार्फत जाडोमा कुनै पनि बालबालिकाले कपडाको अभाव महसुस गर्न नपरोस् भन्ने लक्ष्य संस्थाले लिएको छ। युथ फोर सोसाइटी मेचिनगर–१५ ले आगामी दिनमा पनि यस्तै सकारात्मक सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali