Skip to main content

Purbi Garjan

डाँडागाउँ तराई सम्पर्क मञ्चद्वारा जेष्ठ नागरिक सम्मानसहित प्रेम–मिलन तथा वनभोज कार्यक्रम सम्पन्न

डाँडागाउँ तराई सम्पर्क मञ्चले जेष्ठ नागरिकलाई सम्मान गर्दै विशेष प्रेम–मिलन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समय पहाडबाट तराईतर्फ बसाइँसराइ, रोजगारी, उच्च शिक्षा तथा अन्य विविध कारणले गाउँ छोड्ने क्रम बढ्दै जाँदा आफन्त, नातागोता र छरछिमेकबीचको दूरी बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो। धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–३ स्थित डाँडागाउँका युवाहरूको सक्रियतामा पुष ५ गते सम्पन्न कार्यक्रममा भेटघाट, वनभोज, विभिन्न मनोरञ्जनात्मक खेल तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम समावेश गरिएको थियो। कार्यक्रममा झापा, मोरङ, सुनसरी लगायत विभिन्न जिल्लामा बसोबास गर्दै आएका डाँडागाउँवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजक समितिको नेतृत्व सुनसरीबाट रेणुका पौडेल, लेखत खड्का, भुपाल थापा र इन्दु थापाले गरेका थिए भने मोरङबाट बिनिता थापा र जुनिता पौडेल, झापाबाट भुवन खड्का, बाबुराम थापा, जमुना दाहाल तथा इलामबाट उत्तर कुमार खड्काको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालनको जिम्मेवारी लेखत खड्काले निर्वाह गरेका थिए। कार्यक्रममा जेष्ठ नागरिक सम्मान अन्तर्गत थर्कबहादुर पाँचकोटी, टङ्कबहादुर कार्की, गंगमाया खड्का र सकुनता बस्नेतलाई सम्मान गरिएको थियो। जेष्ठ नागरिकहरूलाई महालक्ष्मी नगरपालिकाका युवा नेता कमल कार्कीले अविर र खादा लगाएर सम्मान व्यक्त गरेका थिए। मनोरञ्जनात्मक खेलतर्फ म्युजिकल चेयर र हन्डीफोर प्रतियोगिता आयोजना गरिएको थियो। म्युजिकल चेयर प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने युनिसा खड्कालाई जेष्ठ नागरिक थर्कबहादुर पाँचकोटीले पुरस्कार वितरण गरेका थिए भने दोस्रो स्थान हासिल गर्ने सर्जुना कार्कीलाई जेष्ठ नागरिक गंगमाया खड्काले पुरस्कार प्रदान गर्नुभएको थियो। त्यसैगरी हन्डीफोर प्रतियोगितामा प्रथम हुने दिवाकर थापालाई टङ्कबहादुर कार्की र सकुनता बस्नेतले संयुक्त रूपमा पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रमबारे जानकारी दिँदै भुवन खड्काले यस्ता कार्यक्रमहरूले नयाँ र पुराना पुस्ताबीच सम्बन्ध मजबुत बनाउने, गाउँबाट टाढा रहेका डाँडागाउँवासीहरूलाई एकआपसमा जोड्ने तथा आगामी दिनमा अझ व्यापक र भव्य रूपमा यस्ता कार्यक्रम आयोजना गर्ने उद्देश्य रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali