Skip to main content

Purbi Garjan

कुलमान, रवि र बालेन मिल्न तयार, प्रधानमन्त्रीमा अड्कियो कुरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन साहबीच चुनावी सहकार्यबारे सहमति जुटे पनि आलोपालो प्रधानमन्त्रीमा कुरा नमिलेको बुझिएको छ ।

केही दिनयता तीन नेताबीच निरन्तर संवाद भैरहेकोमा प्रधानमन्त्रीमा कसलाई अघि सार्ने भन्ने विषयले टुंगो पाउन नसकेको बताइन्छ । भनिएअनुसार बालेन र रविबीच आलोपालो प्रधानमन्त्रीको भागबण्डामा मोटामोटी सहमति भए पनि पहिलो कार्यकाल कसले खाने भन्नेमा गाँठो परेको छ ।

अहिले बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित निवासमा रवि र बालेनबीच छलफल जारी छ । निर्णायक भनिएको छलफलमा एक जनालाई भावी प्रधानमन्त्रीमा अघि सारेर जानेगरी सहमतिको प्रयास भइसकेको बुझिएको छ । भरे-भोलिसम्म सहमति जुट्न सक्ने विश्वस्त स्रोतले जानकारी दियो ।

‘अहिलेसम्मको संवादको आधारमा भरे-भोलिसम्म एउटा ठोस सहमति हुन्छ’, स्रोतले भन्यो, ‘हिजोदेखि सबै एउटै ठाउँमा उभिनेगरी छलफल भइरहेको छ, तीन जनामध्ये कसलाई अघि सार्ने कुरामा निर्णय हुन बाँकी छ, एउटै चुनाव चिन्हबाट चुनावमा जाने कुरामा चैं माेटामाेटी सहमति भएकाे छ ।’

स्रोतका अनुसार रास्वपा सभापति लामिछानेविरुद्ध अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको कारण देउखाउँदै कुलमानले भावी प्रधानमन्त्रीमा आफू उपयुक्त पात्र भएको दावी गरिरहेका छन् । बालेन पनि तत्कालको अवस्थामा लामिछानेलाई प्रधानमन्त्रीमा अघि सार्न नसकिनेमा प्रष्टै छन् तर कुलमानलाई पनि समर्थन जनाएका छैनन् ।

‘जेनजी मेरो साथमा छन् भन्ने कुलमानको कुरा छ’, स्रोतले थप्यो, ‘रविजीको चैं पार्टी संगठन बलियो भएको कारण मलाई सहयोग गरिदिए हुन्थ्यो भन्ने आसय बुझिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali