Skip to main content

Purbi Garjan

इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२ को लोगो सार्वजनिक

मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजनामा हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लोगो सार्वजनिक गरिएको छ । मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित कार्यक्रममा लोगो सार्वजनिक गरिएको हो ।

ट्रफी आकारको लोगोमा सबैभन्दा माथि फुटबल राखिएको छ भने फुटबलभित्र मेचीनगरका प्रमुख पर्यटकीय स्थलहरू समावेश गरिएको छ । लोगोको बीच भागमा नेपाल र भारतका झण्डा अंकित छन् । उक्त लोगोले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।


प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका–७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक गरेका हुन् । कार्यक्रममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य तथा पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले मिडियाकपको सफलताको शुभकामना व्यक्त गरे ।

प्रेस क्लब मेचीनगरका उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सचिव प्रविण अधिकारीले सञ्चालन गरेका थिए ।
यही पुस २७ र २८ गते आयोजना हुने मिडियाकपमा नेपालसहित भारतबाट गरी जम्मा ८ वटा पत्रकार टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँ पाउनेछ । सञ्चार क्षेत्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक मिडियाकप आयोजना गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali