Skip to main content

Purbi Garjan

भद्रपुर विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ दुर्घटनाग्रस्त

भद्रपुर, झापा । आज साँझ करिब ९ :१० बजे, झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर (चन्द्रगढी) विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको ATR–72 (फ्लाइट नम्बर 901) विमान दुर्घटनाग्रस्त भएको छ ।

काठमाडौँबाट ५१ जना यात्रु र ४ जना चालक दलसहित भद्रपुरका लागि उडेको उक्त विमान रन–वेमा अवतरण गर्ने क्रममा पूर्वतर्फ ओभररन भई करिब ३०० मिटर अगाडि भासिँदा क्षतिग्रस्त भएको हो ।

दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरिएको र सबै यात्रु तथा चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको जनाइएको छ । हालसम्म मानवीय क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको र सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा करिब ७० जनाको प्रहरी टोली खटिएको छ ।
उक्त विमान काठमाडौँबाट साँझ ८:२३ बजे भद्रपुरका लागि उडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali