Skip to main content

Purbi Garjan

नेपाल -भारत सिमानाकाबाट वन्यजन्तुका हड्डी र अंगसहित दुई नेपाली पक्राउ

पानीटंकी, भारत । नेपाल- भारत सीमास्थित काकडभिट्टा – पानीटंकी नयाँ पुल क्षेत्रबाट वन्यजन्तुका हड्डी तथा अंगसहित दुई जना नेपाली नागरिक पक्राउ परेका छन्।

पुस १७ गते राति करिब ९:४० बजे भारतको सशस्त्र सीमा बल (एसएसबी) अन्तर्गत सी कम्पनी, पानीटंकीको टोली नेपाल – भारत आवतजावत गर्ने यात्रु तथा सामानको नियमित जाँच तथा खानतलासीमा खटिएको थियो।

सोही क्रममा नेपालबाट सिलिगुडी (भारत) तर्फ जाँदै गरेको एउटा ट्याक्सी जाँच चौकीमा रोकिएको थियो। एक्स–रे स्क्यानरमार्फत झोला जाँच गर्दा दुई जना यात्रुहरूले शंकास्पद व्यवहार देखाएपछि सुरक्षा टोलीले झोला गहिरो रूपमा जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको झोलाभित्र जनावरका हड्डी तथा अन्य अंगहरू फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा संखुवासभा जिल्ला पाथिभरा गाउँपालिका–८ स्थायी घर भई हाल मोरङ जिल्लाको सुन्दरहरैंचा बसोबास गर्दै आएका ३५ वर्षीय डिक बहादुर दर्नाल र मोरङ जिल्लाकै सुन्दरहरैंचा निवासी करिब ३९ वर्षीय कर्ण बहादुर बिस्वकर्मा रहेका छन्।

सोधपुछका क्रममा पक्राउ परेकाहरूले बरामद गरिएका सामग्री मरेका जंगली जनावरका अवशेष भएको र ती सामग्री झारफुक तथा टोना–टोटकाका लागि प्रयोग गर्न लैजान लागेको बताएका छन्। तर नेपाल वन विभागबाट जारी गरिएको कुनै पनि वैध अनुमति पत्र, ट्रान्जिट पास वा आधिकारिक कागजात उनीहरूले प्रस्तुत गर्न नसकेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali