Skip to main content

Purbi Garjan

मेची रंगशालामा सर्वाधिक राशीको चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता ‘चन्द्रगढी महिला गोल्डकप’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

भद्रपुरस्थित मेची रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमार्फत चन्द्रगढी युवा क्लब ले प्रतियोगिताबारे विस्तृत जानकारी दिएको हो। क्लबका अध्यक्ष रोहित सुब्बा का अनुसार विजेताले महिला फुटबलकै इतिहासमा सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटल रहेको छ भने उपविजेताको पुरस्कार रकम सजिलो नेट ले उपलब्ध गराउनेछ। भद्रपुर नगरपालिका र सबै वडा कार्यालयहरूले पनि प्रतियोगितामा सहयोग गरेका छन्।

अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगिता २०८३ वैशाख ५ देखि १४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ‘प्लेयर अफ द म्याच’ लाई ११ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा आयोजक टोलीसहित त्रिभुवन आर्मी एफसी, नेपाल एपीएफ एफसी, नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र संकटा फुटबल क्लब का महिला टिमहरूको सहभागिता निश्चित भइसकेको छ।
यसैगरी, भारतको रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमी र भुटानको थिम्पु सिटी एफसी ले पनि प्रतिस्पर्धा गर्नेछन् भने बाँकी दुई टिम एसियाली देशहरूबाट सहभागी हुने आयोजकले जनाएको छ।

महिला खेलाडीलाई प्रोत्साहन गर्ने, झापामा महिला फुटबल उत्पादन बढाउने तथा ग्रासरुट स्तरबाट प्रशिक्षणलाई निरन्तरता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। साथै, झापालाई महिला फुटबलको ‘हब’ बनाउने र प्रतिभावान खेलाडीलाई राष्ट्रिय टोलीसम्म पुर्‍याउने लक्ष्य आयोजकले लिएको छ।

प्रतियोगिताका लागि मेची रंगशालाको निर्माण तथा स्तरोन्नति तीव्र गतिमा भइरहेको छ। स्थायी प्यारापिटको क्षमता कम हुने अनुमानका कारण बाँसको अस्थायी प्यारापिटसमेत निर्माण भइरहेको आयोजकले जनाएको छ।

भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali