Skip to main content

Purbi Garjan

पश्चिम बंगाल निर्वाचनका कारण बन्द भएका नाका आजबाट खुले, पर्यटकहरुको भिड

प्रविण अधिकारी

झापा  । भारतको निर्वाचन आयोग द्वारा आयोजित पश्चिम बंगाल विधानसभा निर्वाचनका कारण बन्द गरिएका नेपाल–भारत सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन्।
पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काकडभिट्टा र इलामको पशुपतिनगर नाका आजबाट औपचारिक रूपमा खुला गरिएको हो। निर्वाचन सुरक्षालाई लक्षित गर्दै यी नाकाहरू गत अप्रिल २० तारिख साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको थियो।

सिमानाका सञ्चालनमा आएसँगै सयौं पर्यटकहरु यतिबेला मेची भन्सारमा सवारीसाधनको पास लिन लाइनमा लागेका छन्। ३ दिनदेखि बन्द रहेको नाका आजबाट सञ्चालनमा आएसँगै मेची भन्सारको यात्रु शाखा भिडभाड बनेको छ।

दार्जिलिङ जिल्ला प्रशासन कार्यालय ले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२) अनुसार आदेश जारी गर्दै मानिस तथा सवारी साधनको आवतजावतमा अस्थायी रोक लगाएको थियो।
अप्रिल २३ मा सम्पन्न भएको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सकिएपछि नाकाहरू पुनः सञ्चालनमा ल्याइएको हो।
नाकाहरू खुलेसँगै अब नियमित रूपमा मानिस तथा सवारी साधनको आवतजावत सुचारु भएको छ। यद्यपि, सीमामा आवश्यक सुरक्षा जाँच भने यथावत राखिएको सम्बन्धित निकायले जनाएको छ।

प्रशासनले सीमाक्षेत्रमा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक कागजात साथमा राख्न र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali