Skip to main content

Purbi Garjan

पश्चिम बंगाल निर्वाचनका कारण बन्द भएका नाका आजबाट खुले, पर्यटकहरुको भिड

प्रविण अधिकारी

झापा  । भारतको निर्वाचन आयोग द्वारा आयोजित पश्चिम बंगाल विधानसभा निर्वाचनका कारण बन्द गरिएका नेपाल–भारत सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन्।
पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काकडभिट्टा र इलामको पशुपतिनगर नाका आजबाट औपचारिक रूपमा खुला गरिएको हो। निर्वाचन सुरक्षालाई लक्षित गर्दै यी नाकाहरू गत अप्रिल २० तारिख साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको थियो।

सिमानाका सञ्चालनमा आएसँगै सयौं पर्यटकहरु यतिबेला मेची भन्सारमा सवारीसाधनको पास लिन लाइनमा लागेका छन्। ३ दिनदेखि बन्द रहेको नाका आजबाट सञ्चालनमा आएसँगै मेची भन्सारको यात्रु शाखा भिडभाड बनेको छ।

दार्जिलिङ जिल्ला प्रशासन कार्यालय ले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२) अनुसार आदेश जारी गर्दै मानिस तथा सवारी साधनको आवतजावतमा अस्थायी रोक लगाएको थियो।
अप्रिल २३ मा सम्पन्न भएको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सकिएपछि नाकाहरू पुनः सञ्चालनमा ल्याइएको हो।
नाकाहरू खुलेसँगै अब नियमित रूपमा मानिस तथा सवारी साधनको आवतजावत सुचारु भएको छ। यद्यपि, सीमामा आवश्यक सुरक्षा जाँच भने यथावत राखिएको सम्बन्धित निकायले जनाएको छ।

प्रशासनले सीमाक्षेत्रमा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक कागजात साथमा राख्न र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali