Purbi Garjan

दिन: २०८३ बैशाख ११, शुक्रबार

पश्चिम बंगाल निर्वाचनका कारण बन्द भएका नाका आजबाट खुले, पर्यटकहरुको भिड

पश्चिम बंगाल निर्वाचनका कारण बन्द भएका नाका आजबाट खुले, पर्यटकहरुको भिड

प्रविण अधिकारी झापा  । भारतको निर्वाचन आयोग द्वारा आयोजित पश्चिम बंगाल विधानसभा निर्वाचनका कारण बन्द गरिएका नेपाल–भारत सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन्। पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काकडभिट्टा र इलामको पशुपतिनगर नाका आजबाट औपचारिक रूपमा खुला गरिएको हो। निर्वाचन सुरक्षालाई लक्षित गर्दै यी नाकाहरू गत अप्रिल २० तारिख साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको थियो। सिमानाका सञ्चालनमा आएसँगै सयौं पर्यटकहरु यतिबेला मेची भन्सारमा सवारीसाधनको पास लिन लाइनमा लागेका छन्। ३ दिनदेखि बन्द रहेको नाका आजबाट सञ्चालनमा आएसँगै मेची भन्सारको यात्रु शाखा भिडभाड बनेको छ। दार्जिलिङ जिल्ला प्रशासन कार्यालय ले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२)…
Read More
ne_NPNepali