Skip to main content

Purbi Garjan

दमकमा दम्पतीबीच झै–झगडा, खुकुरी प्रहारपछि दुबैको मृत्यु 

झापा। झापाको दमक नगरपालिकामा दम्पतीबीच भएको घरेलु विवादले दुःखद मोड लिँदा श्रीमान–श्रीमती दुवैको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो करिब २ बजेको समयमा दमक नगरपालिका–१, सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच सामान्य विवाद चर्किँदै झै–झगडामा परिणत भएको थियो।

विवादका क्रममा धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो। घटनापछि धनबहादुरले घरकै अर्को कोठामा सलको पासो लगाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएका थिए।

उनीहरूकी छोरी २५ वर्षीया प्रियंका दर्जीले बाबुलाई झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर तल झार्दै तत्काल प्रहरीलाई खबर गरेकी थिइन्। सूचना पाएलगत्तै प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा पुगेको टोलीले दुवै घाइतेलाई उपचारका लागि दमक अस्पताल पुर्‍याएको थियो।

तर चिकित्सकले जाँच गर्दा साँझ करिब ३:३० बजे दुवैलाई मृत घोषणा गरेका थिए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali