मेचीनगर। झापाको मेचीनगर नगरपालिका–८ जोरसिमल नजिकै मेचेबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एउटा अटो नियन्त्रणमा लिएको छ। आज दिउँसो करिब २:०० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट स.प्र.नि. बाबुकाजी कट्वालको कमाण्डमा खटिएको ७ सदस्यीय मोबाइल गस्ती टोली तथा जोरसीमल चेकपोस्टबाट स.प्र.स.नि. कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको अर्को ७ सदस्यीय टोलीले संयुक्त रूपमा उक्त कारबाही गरेको हो। टोलीले भारतबाट भन्सार छली गरी अटोमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लाखौं मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका कपडाको भन्सार मूल्य रु ७ लाख ३१ हजार ४९० कायम गरिएको छ। नियन्त्रणमा लिइएको कपडा…
झापा। झापाको दमक नगरपालिकामा दम्पतीबीच भएको घरेलु विवादले दुःखद मोड लिँदा श्रीमान–श्रीमती दुवैको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो करिब २ बजेको समयमा दमक नगरपालिका–१, सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच सामान्य विवाद चर्किँदै झै–झगडामा परिणत भएको थियो। विवादका क्रममा धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो। घटनापछि धनबहादुरले घरकै अर्को कोठामा सलको पासो लगाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएका थिए। उनीहरूकी छोरी २५ वर्षीया प्रियंका दर्जीले बाबुलाई झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर तल झार्दै तत्काल प्रहरीलाई खबर गरेकी थिइन्। सूचना पाएलगत्तै प्रहरी…