Skip to main content

Purbi Garjan

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–८ जोरसिमल नजिकै मेचेबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एउटा अटो नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब २:०० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट स.प्र.नि. बाबुकाजी कट्वालको कमाण्डमा खटिएको ७ सदस्यीय मोबाइल गस्ती टोली तथा जोरसीमल चेकपोस्टबाट स.प्र.स.नि. कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको अर्को ७ सदस्यीय टोलीले संयुक्त रूपमा उक्त कारबाही गरेको हो।

टोलीले भारतबाट भन्सार छली गरी अटोमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लाखौं मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका कपडाको  भन्सार मूल्य रु ७ लाख ३१ हजार ४९० कायम गरिएको छ।

नियन्त्रणमा लिइएको कपडा तथा अटो आवश्यक कारबाहीका लागि सोही दिन अपराह्न २:१५ बजे मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। खुला सिमानाकाको फाइदा उठाउँदै तस्करी समुहले अहिले विभिन्न बाटो प्रयोग गरिरहेपनि सशस्त्र प्रहरीको जोरसिमलमा खटिएको टोलीले उक्त क्षेत्रबाट दैनिक सामान बरामद गर्दै आएको छ। सीमा क्षेत्रमा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीको निगरानी तथा गस्ती थप सशक्त बनाइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali