Skip to main content

Purbi Garjan

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–८ जोरसिमल नजिकै मेचेबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एउटा अटो नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब २:०० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट स.प्र.नि. बाबुकाजी कट्वालको कमाण्डमा खटिएको ७ सदस्यीय मोबाइल गस्ती टोली तथा जोरसीमल चेकपोस्टबाट स.प्र.स.नि. कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको अर्को ७ सदस्यीय टोलीले संयुक्त रूपमा उक्त कारबाही गरेको हो।

टोलीले भारतबाट भन्सार छली गरी अटोमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लाखौं मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका कपडाको  भन्सार मूल्य रु ७ लाख ३१ हजार ४९० कायम गरिएको छ।

नियन्त्रणमा लिइएको कपडा तथा अटो आवश्यक कारबाहीका लागि सोही दिन अपराह्न २:१५ बजे मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। खुला सिमानाकाको फाइदा उठाउँदै तस्करी समुहले अहिले विभिन्न बाटो प्रयोग गरिरहेपनि सशस्त्र प्रहरीको जोरसिमलमा खटिएको टोलीले उक्त क्षेत्रबाट दैनिक सामान बरामद गर्दै आएको छ। सीमा क्षेत्रमा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीको निगरानी तथा गस्ती थप सशक्त बनाइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali