सहिद सप्ताह : झापामा नेकपाको मोटरसाइकल र्‍याली सहित कोणसभा

Byadmin

१४ फाल्गुन २०८०, सोमबार १६:३१ १४ फाल्गुन २०८०, सोमबार १६:३१ १४ फाल्गुन २०८०, सोमबार १६:३१

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले सहिद सप्ताहको पहिलो दिन आज मोटरसाइकल र्‍याली र कोणसभा सम्पन्न गरेको छ।

नेपाली राजनीतिक इतिहासको कम्युनिस्ट आन्दोलनमा विभिन्न कालखण्डमा सहिद भएका हरुको स्मरणमा हरेक वर्ष मनाइँदै आएको सहिद सप्ताह फागुन १४ गतेदेखि २१ गतेसम्म मनाइने गरिएको छ।

आज झापाको दमकबाट शुरु भएको मोटरसाइकल र्‍याली मेचीनगर -१० धुलाबारी बजार सम्म आइपुगेको थियोे । त्यस बखत र्‍यालीका क्रममा पुर्व- पश्चिम राजमार्ग अन्तर्गत विभिन्न चोकहरुमा कोणसभा समेत सम्पन्न भएको छ। कोणसभामा पार्टीका जिल्ला तहका शीर्ष नेता तथा मेची ब्युरो इन्चार्ज सुमनसिंहले समेत सम्बोधन गरेका थिए।

कोणसभामा बोल्दै उनिहरुले यो शक्ति प्रदर्शन नभएर सन्देश प्रवाह समेत रहेको र सहिदले बगाएको रगत कुनै हालतमा खेर जान नदिने प्रतिबद्धता जायर गरेका छन्,। सहिदको बलिदानबाट प्राप्त अधिकारको केही तत्वहरुले दुरुपयोग गरिरहेको उल्लेख गर्दै अब देश र जनताको भविष्य र सहिदको सपना साकार गर्ने एउटामात्र विकल्प नेपाली विशेषताको समाजवाद भएको उल्लेख गरे।

कोणसभामा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी, पुर्वी झापा इन्चार्ज प्रशान्त सी, सेक्रेटरी हुकुम सी, पश्चिम झापा इन्चार्ज सञ्जय सी, व्युरो सदस्य सौगात सी, जिल्ला सदस्य विज्ञान सी, युवा संगठनका पुर्वी कमान्ड इन्चार्ज सुवास सी लगायतले मन्तव्य राखेका थिए।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *