Purbi Garjan

स्वास्थ्य

बर्खायाममा सर्पदंशको जोखिम र सुरक्षाका उपाय

बर्खायाममा सर्पदंशको जोखिम र सुरक्षाका उपाय

नेपालको तराई क्षेत्र वर्षायाममा सर्प आतंकको केन्द्र बन्ने गर्दछ। वर्षातसँगै खोला, नाला, पिँढी तथा बारी डुबानमा परेपछि सर्पहरू सुरक्षित स्थान खोज्दै घर, गोठ, थानी, भकारीजस्ता ठाउँमा प्रवेश गर्छन्। यसरी मानिसको सिधा सम्पर्कमा आउनाले सर्पले टोक्ने घटनाहरू हरेक वर्ष दोहोरिन्छन्। यस्तो अवस्थामा सही जानकारी र सावधानी अपनाउँदा मृत्युजस्तो गम्भीर जोखिमबाट बच्न सकिन्छ।  सर्पदंशको लक्षणहरू सर्पले टोकेपछि देखिने मुख्य लक्षणहरू यस्ता हुन्छन्: टोकेको स्थानमा दुईवटा प्वाल देखिनु तीव्र दुखाइ र सुजन छटपटाहट, वाकवाकी, वान्ता टाउको भारी हुनु, आँखामा धमिलो देखिनु बोल्न वा सास फेर्न गाह्रो हुनु मुटुको धड्कन असामान्य हुनु शरीर लत्रिनु वा अचेत हुनु (गम्भीर अवस्थामा) नोट: सबै सर्प विषालु हुँदैनन्,…
Read More
स्वास्थ्य बीमामा ऐतिहासिक कदम: ८ गम्भीर रोगका बिरामीलाई २ लाख रुपैयाँको उपचार सुविधा

स्वास्थ्य बीमामा ऐतिहासिक कदम: ८ गम्भीर रोगका बिरामीलाई २ लाख रुपैयाँको उपचार सुविधा

काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र सर्वसुलभ बनाउँदै सरकार साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगका बिरामीलाई २ लाख रुपैयाँसम्मको उपचार सुविधा प्रदान गर्ने व्यवस्था ल्याएको छ। कडा रोग लागेपछि उपचार खर्चको अभावमा पीडा भोग्दै आएका सर्वसाधारणलाई राहत पुर्‍याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। अबदेखि क्यान्सर, मुटु रोग, मृगौला रोग, हेड इन्जुरी (टाउको चोट), स्पाइनल इन्जुरी (मेरुदण्ड चोट), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत यो सुविधा पाउनेछन्। सरकारले यस निर्णयलाई पूर्व प्रतिबद्धताको निरन्तरता र नागरिकप्रतिको जिम्मेवारीको रूपमा लिएको छ। स्वास्थ्य बीमालाई अझ परिस्कृत र प्रभावकारी बनाउँदै जनसाधारणको पहुँच सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत रहेको…
Read More
लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण

लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको दाँतको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्न आज निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रममा प्ले ग्रुपदेखि युकेजी कक्षासम्मका सबै बालबालिकाको दन्त परीक्षण गरिएको हो। विद्यालयका सञ्चालक सरोज पौडेलका अनुसार, “अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै पहिचान गरी उपचार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।” दन्त परीक्षण टोलीको नेतृत्व दन्त चिकित्सक डा. आस्मा भट्टराईले गरेकी थिइन्। परीक्षणपछि उनले बालबालिकामा देखिएको प्रमुख समस्या र समाधान उपायबारे अभिभावकहरूलाई जानकारी गराएकी थिइन्। “बाल्यकालमै देखिने दन्त समस्याको समयमा नै उपचार हुन आवश्यक छ,” उनले…
Read More
झापामा डेंगु संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

झापामा डेंगु संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

झापा — झापामा डेंगु संक्रमणबाट एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी छोरी सुरविरा राईको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बिहीवार अस्पताल भर्ना गरिएकी बालिकाको शुक्रबार बिहान ८:२५ बजे निधन भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए। यो वर्ष झापामा डेंगु संक्रमणबाट भएको पहिलो मृत्यु हो। गत वर्ष जिल्लामा दुई जनाको ज्यान गएको थियो। मनसुन सुरु भएसँगै डेंगु संक्रमितको संख्या बढ्न थालेको छ। हाल बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना संक्रमित उपचाररत रहेको बरालले बताए। डेंगु संक्रमण असारदेखि असोजसम्म उच्च हुने गरेको भए पनि…
Read More
कोशीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, झापामा ९ जना संक्रमित

कोशीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, झापामा ९ जना संक्रमित

झापा । कोशी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। विराटनगर–९ की ७५ वर्षीया कान्तादेवी पोद्दारको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो साँझ ५ बजे उनलाई न्युरो अस्पताल, विराटनगर लगिएको थियो। प्रारम्भिक परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि विराट टिचिङ अस्पतालमा सारिएको थियो। तर, उपचारका क्रममा आज बिहान ३ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि असार १० गते इलामकी एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। नयाँ भेरिअन्ट फैलिएपछि देशभर दुई जनाको ज्यान गइसकेको छ। यसैबीच, झापामा कोरोना संक्रमणका ९ जना नयाँ संक्रमित…
Read More
झापामा तीन जनामा कोरोना संक्रमण पुष्टि, इलामकी महिलाको मृत्यु

झापामा तीन जनामा कोरोना संक्रमण पुष्टि, इलामकी महिलाको मृत्यु

मेचीनगर। झापामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिन थालेपछि पहिलोपटक गत जेठ ११ गते बिर्तामोड–५ की ५२ वर्षीया महिलामा संक्रमण देखिएको थियो । त्यसपछि काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषमा र तीन दिनअघि मेचीनगर–९ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित तीनै जनालाई आइसोलेसनमा राखिएको छ । यसैबीच, नयाँ भेरिएन्ट फैलिएयता देशमै पहिलोपटक कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–१०, फिक्कलकी ४९ वर्षीया महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । उनी ज्वरो आउने लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन्…
Read More
वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित बुद्धशान्ति गाउँपालिका–४, झापा — “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै वीरता लेडी जेसीजको आयोजनामा बुद्धशान्ति गाउँपालिका–४ मा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। २०८२ असार २ गते आयोजित उक्त शिविरमा तीन सयभन्दा बढी सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका छन्। विभिन्न सामाजिक, आर्थिक तथा भौगोलिक कारणले अझै पनि धेरै नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका सन्दर्भमा “स्वस्थ समाज, समृद्ध राष्ट्र” भन्ने अभियानसहित यो शिविरको आयोजना गरिएको आयोजकले जनाएका छन्। शिविरमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईज्यू प्रमुख अतिथिका रूपमा सहभागी…
Read More
आर्थिक अभावमा बीएण्डसी अस्पतालमा छटपटाउँदै बालिका, सहयोगको अपील

आर्थिक अभावमा बीएण्डसी अस्पतालमा छटपटाउँदै बालिका, सहयोगको अपील

प्रविण अधिकारी  झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ की सम्झना जवेगुकी दुई महिनाकी छोरी सुयना जवेगुलाई मस्तिष्क र फोक्सोमा समस्या देखिएपछि वैशाख ४ गते विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ। तर आर्थिक अभावका कारण उनको उपचारमा गम्भीर समस्या उत्पन्न भएको छ। बालिकाको आमा सम्झना जवेगुका अनुसार अस्पताल प्रशासनले उपचार अघि तुरुन्तै एक लाख रुपैयाँ बुझाउनुपर्ने माग गर्दै, रकम नबुझाएमा डिस्चार्ज गर्न चेतावनी दिएको छ। “छोरी टुलुटुलु हेरेर छटपटाइरहेकी छ, तर उपचार गराउन हामीसँग पैसा छैन,” उनले भनिन्। जवेगु परिवार अहिले आर्थिक अभावका कारण तनावमा छन् र छोरीको जीवन रक्षाका लागि सहयोगको अपील गरेका छन्। सहयोग गर्न इच्छुक व्यक्तिहरूले सिधै परिवारसँग सम्पर्क…
Read More
३० हप्तामा जन्मिएको शिशूको बिर्तासिटीमा डा. ज्योतिले गरिन् सफल उपचार

३० हप्तामा जन्मिएको शिशूको बिर्तासिटीमा डा. ज्योतिले गरिन् सफल उपचार

बिर्तामोड। बिर्तामोड नगरपालिका–३ सैनिक मोड निवासी ज्योति लिम्बूले ३० हप्तामा शिशूलाई जन्म दिएकी छिन् । उनले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा डा. अजय अग्रवालको सहयोगमा ‘नर्मल’ रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले जन्माएको छोरीको तौल १.७ केजी रहेको छ । ‘सामान्यतया गर्भधारण भएको ३७ हप्ता पूरा भएपछि टम डेलिभरी हुनेगर्छ’– अस्पतालकी पिडियाट्रिक एण्डोक्राइनोलजी डा. ज्योति अग्रवालले भनिन्– समय अवधि पुगेर जन्मिएका शिशुको तौल सामान्यतया २.५ केजीदेखि ३.५ केजीसम्म हुने गर्छ । तर, ज्योतिले ३० हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । जुन ‘एब्नर्मल’ हो, जसलाई हामी ‘प्रि म्याचुर्ड वर्थ’ भन्छौं । ३८ हप्ताभन्दा मुनि बच्चा जन्मिए हामी त्यसलाई ‘प्रि म्याचुर्ड वर्थ’…
Read More
मेचीनगरमा ४ हजार ८ सय ८६ किशोरीले लगाए ‘एचपिभी’ खोप

मेचीनगरमा ४ हजार ८ सय ८६ किशोरीले लगाए ‘एचपिभी’ खोप

मेचीनगर। मेचीनगरमा पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप चार हजार ८८६ जना किशोरीले लगाएका छन् । मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले राष्ट्रिय खोप अभियान अन्तरगत नगरका १५ वटै वडाका चार हजार ८८६ जना किशोरीहरूलाई खोप लगाइएको जानकारी दिइन् । उनका अनुसार मेचीनगर–१ नम्बर वडामा १३३जना, २ मा २८१ जना, ३ मा १९७ जना, ४ मा २०१ जना, ५ मा १२७ जना, ६ मा ६४१ जना, ७ मा २०५ जना, ८ मा ४१८ जनाले खोप लगाएका छन् । त्यस्तै वडा नम्बर ९ मा ३९६ जना, १० मा १००९ जना, ११ मा १०३ जना, १२ मा ४४३…
Read More
ne_NPNepali