Skip to main content

Purbi Garjan

कोशीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, झापामा ९ जना संक्रमित

झापा । कोशी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। विराटनगर–९ की ७५ वर्षीया कान्तादेवी पोद्दारको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो साँझ ५ बजे उनलाई न्युरो अस्पताल, विराटनगर लगिएको थियो। प्रारम्भिक परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि विराट टिचिङ अस्पतालमा सारिएको थियो। तर, उपचारका क्रममा आज बिहान ३ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि असार १० गते इलामकी एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। नयाँ भेरिअन्ट फैलिएपछि देशभर दुई जनाको ज्यान गइसकेको छ।

यसैबीच, झापामा कोरोना संक्रमणका ९ जना नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार नयाँ भेरिअन्टको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali