Purbi Garjan

दिन: २०८२ असार १९, बिहीबार

एसिसी यु–१६ इस्ट जोन कप: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

एसिसी यु–१६ इस्ट जोन कप: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

मलेसिया । डिफेन्डिङ च्याम्पियन नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो। घरेलु टोली मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा मात्र १ विकेटको क्षतिमा सहजै पुरा गर्‍यो। नेपालको जितमा परिमार्जन यादवले विस्फोटक प्रदर्शन गर्दै ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए। साथमा शिवान्श बजगाईंले २२ बलमा ५ चौकासहित २३ रन बनाएर नटआउट रहे। ओपनर प्रसिद्ध जैसी भने २ रनमै आउट भए। मलेसियाका लागि नागिनिश्वरमले एकमात्र विकेट लिए। टस जितेर पहिले बलिङ रोजेको नेपालले किफायती बलिङ प्रदर्शन गरेको थियो।…
Read More
कोशीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, झापामा ९ जना संक्रमित

कोशीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, झापामा ९ जना संक्रमित

झापा । कोशी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। विराटनगर–९ की ७५ वर्षीया कान्तादेवी पोद्दारको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो साँझ ५ बजे उनलाई न्युरो अस्पताल, विराटनगर लगिएको थियो। प्रारम्भिक परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि विराट टिचिङ अस्पतालमा सारिएको थियो। तर, उपचारका क्रममा आज बिहान ३ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि असार १० गते इलामकी एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। नयाँ भेरिअन्ट फैलिएपछि देशभर दुई जनाको ज्यान गइसकेको छ। यसैबीच, झापामा कोरोना संक्रमणका ९ जना नयाँ संक्रमित…
Read More
एसीसी यु–१६ इस्ट जोन कप: फाइनल पुग्न नेपाललाई ९१ रनको लक्ष्य

एसीसी यु–१६ इस्ट जोन कप: फाइनल पुग्न नेपाललाई ९१ रनको लक्ष्य

मलेसिया । एसिसी मेन्स यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध फाइनलमा स्थान बनाउने अवसर पाएको छ। टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा मात्र ९० रनमै समेटिएको हो। मलेसियाका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए। कप्तान डिज पार्तोले ३२ बलमा १० रन जोड्दै पवेलियन फर्किए। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। नेपालका लागि बलिङमा अभय यादवले सर्वाधिक ४ विकेट लिए भने शुभम खनालले ३ विकेट झारे। कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १-१ विकेट हात पारे। नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनलमा…
Read More
झापा शिवसताक्षी कुटपिट घटनाः घाइते दुई किशोरको मृत्यु, ६ जना पक्राउ

झापा शिवसताक्षी कुटपिट घटनाः घाइते दुई किशोरको मृत्यु, ६ जना पक्राउ

झापा । शिवसताक्षी नगरपालिका–९ मा भएको कुटपिट घटनामा घाइते भएका दुई युवाको मृत्यु भएको छ। यसअघि १९ वर्षीय रोमन थापाको असार १४ गते बिहान मृत्यु भएको थियो। त्यसै घटनामा घाइते भएका संगम चोकका १५ वर्षीय आदित्य तामाङको पनि बुधबार दिउँसो १ः४५ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव अस्पतालमै राखिएको छ। असार ११ गते बिहान करिब ६ः४० बजे ट्युसन पढेर फर्कँदै गरेका आदित्य तामाङलाई शिवसताक्षी नगरपालिका–११ स्थित प्लटिङ क्षेत्रमा बोलाई ६ जनाले कुटपिट गरेका थिए। उनी राष्ट्रिय रमणीय मावि, दूधेमा कक्षा ८ मा अध्ययनरत थिए भने कुटपिटमा संलग्नमध्येका केही ध्रुबतारा बोर्डिङ स्कुलका…
Read More
गरामनीमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु

गरामनीमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु

झापा। झापाको बिर्तामोड नगरपालिका–७, फक्तालुङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान ३ः४५ बजे शौचालयका लागि आफ्नै घरबाहिर आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बुलाई एक जंगली हात्तीले आक्रमण गरी किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि हात्ती दक्षिणतर्फ भागेको थियो। टेलिफोनमार्फत जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी गरामनीबाट प्रहरी टोली खटिई घटनास्थल सुरक्षित पारिएको थियो। घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली परिचालित गरिएको जनाइएको छ। प्रारम्भिक अनुसन्धानपछि बिहान ७ः३५ बजे कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। वन क्षेत्र नजिकका…
Read More
ne_NPNepali