Skip to main content

Purbi Garjan

एसिसी यु–१६ इस्ट जोन कप: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

मलेसिया । डिफेन्डिङ च्याम्पियन नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो।

घरेलु टोली मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा मात्र १ विकेटको क्षतिमा सहजै पुरा गर्‍यो।

नेपालको जितमा परिमार्जन यादवले विस्फोटक प्रदर्शन गर्दै ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए। साथमा शिवान्श बजगाईंले २२ बलमा ५ चौकासहित २३ रन बनाएर नटआउट रहे। ओपनर प्रसिद्ध जैसी भने २ रनमै आउट भए। मलेसियाका लागि नागिनिश्वरमले एकमात्र विकेट लिए।

टस जितेर पहिले बलिङ रोजेको नेपालले किफायती बलिङ प्रदर्शन गरेको थियो। मलेसिया ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमै सीमित भयो।

मलेसियाका मोहम्मद फतुलले ७१ बलमा ३८ रन बनाए। कप्तान डिज पार्तो ३२ बलमा १० रनमा आउट भए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका अभय यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। शुभम खनालले ३ विकेट हात पारे भने कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १–१ विकेट लिए।

गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई हराउँदै उपाधि जितेको थियो, जहाँ नेपालले २२१ रनको विशाल अन्तरले जित निकालेको थियो।

अब नेपालले फाइनलमा हङकङ र सिंगापुरबीचको दोस्रो सेमिफाइनल विजेतासँग असार २१ गते (जुलाई ५) उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali